CG Electronics
IME Life
NIMB

सिजी ब्रान्डको ‘वर्ल्डकप योजना’ अन्तर्गत तेस्रो चरणको विजेताहरू सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी ब्रान्डले आफ्नो सिजीको साथमा, वर्ल्डकप टिकट हातमा #LevelUP!withCG योजना अन्तर्गत तेस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा तेस्रो चरणका लागि एक जना भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

यस तेस्रो चरणको डिजिटल गोलाप्रथा मार्फत काठमाडौँका सुवर्ण खरेल बम्पर उपहार विजेता बन्न सफल भएका छन् ।
नारायणस्थान, गणेशचोक, काठमाडौँका खरेलले सिजी डिजिटल, बसुन्धराबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । यस भ्रमण प्याकेजमा काठमाडौँ-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकट समेत समावेश गरिएको छ।

कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुँदा योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा आधुनिक सिजी डिजिटल शोरुमहरू, कम्पनीको आधिकारिक वेबसाइट www.cgdigital.com.np तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा SMS पठाउनुपर्नेछ।

(SMS Format: CG <space> Warranty Card No <space> Product Name <space> Customer Name <space> Address टाइप गरी 31003 मा पठाउनुपर्नेछ।)

४० वर्षदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी ब्रान्डले आफ्ना ग्राहकवर्गको निरन्तर विश्वासप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता योजनाहरू ल्याइरहने प्रतिबद्धता व्यक्त गरेको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...