CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकले मेडिसिटी अस्पतालसँगको सहकार्यमा स्तन तथा प्रोस्टेट क्यान्सर सचेतना वेबिनार आयोजना

NIMB
Himalayan Bank

 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता व्यक्त गर्दै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक वेबिनार आयोजना गरेको छ। यस कार्यक्रम मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो।

कार्यक्रम अन्तर्गत महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार डा. कञ्चन कौरको सहजिकरणमा माघ १३ गते सम्पन्न भएको थियो, जसमा ५१३ जना महिला कर्मचारीले सक्रिय सहभागिता जनाएका थिए।

त्यसैगरी, ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि माघ १४ गते “प्रोस्टेट क्यान्सर: भ्रम र यथार्थ” विषयक सत्र डा. पुनीत आहुलवालियाको सहजिकरणमा सञ्चालन भएको थियो, जसमा ५०९ जना कर्मचारीले भाग लिए। दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

सिटिजन्स बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूको लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बैंकका कार्डधारी ग्राहकहरूलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइने छ।

बैंकका अन्य सेवा एवं पहलहरूमा सिटिजन्स फोनपे क्रेडिट कार्ड, नवयुवा लक्षित सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट, सिटिजन्स डिजी बैंक सेवा, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ मार्फत शेयर आवेदन र सी.आर.एन् नम्बर सुविधा, तथा क्रस बैंक टेलर सुविधा** समावेश छन्।

हाल बैंक देशभरि ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ शाखा रहित बैंकिङ ईकाइहरूबाट करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...