CG Electronics
IME Life
NIMB

हुवावे नेपालको डिजिटल भविष्य सुदृढ गर्न जनशक्ति उत्पादन र विश्वव्यापी ICT अनुभवमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौँ । हुवावेले विगत दुई दशकदेखि नेपालका दूरसञ्चार र डिजिटल पूर्वाधार क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। टुजीदेखि फोरजी सेवा विस्तार, डाटा सेन्टर, ICT पूर्वाधार, नेटवर्क निर्माण र स्मार्टफोन तथा उपभोक्ता इलेक्ट्रोनिक्स क्षेत्रमा हुवावेले उल्लेखनीय भूमिका खेलेको छ।

पूर्वाधार विकाससँगै हुवावेले युवा प्रतिभा विकासलाई प्राथमिकता दिएको छ। दक्ष जनशक्तिलाई नेपालको डिजिटल भविष्यको आधारस्तम्भ मान्दै कम्पनीले राष्ट्रिय डिजिटल प्राथमिकतासँग मेल खाने ICT सीप विकासका लागि विभिन्न पहलहरू सञ्चालन गर्दै आएको छ।

सन् २०१९ मा हुवावे नेपालले ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सुरु गरेको थियो। यो कार्यक्रम विश्वव्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युवा ICT प्रतिभा विकास, डिजिटल नवप्रवर्तन प्रवद्र्धन र भावी प्रविधि नेतृत्व तयार गर्ने उद्देश्यले सञ्चालन भइरहेको छ।

यसअन्तर्गत चीन, थाइल्यान्ड र सिंगापुरमा आयोजित भौतिक तथा भर्चुअल अन्तर्राष्ट्रिय तालिममा ४९ जना नेपाली विद्यार्थीले सहभागी भई तालिम प्राप्त गरेका छन्। नेपालमै सञ्चालन गरिएका स्थानीय तालिम र डिजिटल सीप विकास कार्यक्रमबाट १७० भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन्। सन् २००८ देखि विश्वभर १४० भन्दा बढी देशका १९ हजारभन्दा बढी विद्यार्थीले यस कार्यक्रमबाट लाभ उठाइसकेका छन्।

सन् २०२५ मा पाँच उत्कृष्ट नेपाली विद्यार्थी ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा सहभागी भएका थिए। उनीहरूले फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, स्मार्ट पिभी समाधान, ड्रोन प्रविधि, स्मार्ट गभर्नेन्स मोडल र नवप्रवर्तन केन्द्रहरूको अवलोकन गरी व्यवहारिक ICT अनुभव प्राप्त गरेका थिए।

कार्यक्रमले विद्यार्थीहरूलाई प्राविधिक अनुभवसँगै अन्तर्राष्ट्रिय सहकर्मीहरूसँग सम्पर्क विस्तार, विचार आदान–प्रदान र अन्तर-सांस्कृतिक मित्रता निर्माणको अवसर पनि प्रदान गरेको छ।

हुवावे नेपालले चर्चित विश्वविद्यालयहरू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युनेस्कोसँग सहकार्य गर्दै कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। यसले राष्ट्रिय युवा सशक्तीकरण र डिजिटल विकास नीतिसँग कार्यक्रमको सामञ्जस्य सुनिश्चित गरेको बताइएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...