CG Electronics
IME Life
NIMB

गरिमा सुवर्ण योजना सार्वजनिक निष्काशनको लागि सेबोनबाट स्वीकृति

NIMB
Himalayan Bank

 

काठमाडौं । गरिमा म्युचूअल फण्ड अन्तर्गत विकास बैंकबाट प्रवर्धित पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।

गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त योजना रु. १ अर्ब बराबरको रहेको छ। नेपाल धितोपत्र बोर्डबाट २०८२ साल माघ २१ गते स्वीकृति प्राप्त भएसँगै यो योजना छिट्टै सार्वजनिक निष्काशनमा आउने भएको हो।

खुलामुखी प्रकृतिको यस योजनामा प्रथम चरणमा बीज पूँजीसहित ५ करोड इकाई निष्काशन गरिनेछ। प्रति इकाई मूल्य रु. १० कायम गरिएको छ भने न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ। कुल निष्काशनको न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनुपर्ने व्यवस्था गरिएको छ।

योजना खुलामुखी भएकाले यसको कुनै निश्चित अवधि नरहनेछ। इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकरण नहुने भए पनि योजना व्यवस्थापकद्वारा सञ्चालन गरिने अनलाइन प्रणालीमार्फत खरिद तथा बिक्री गर्न सकिनेछ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो। कम्पनीले गरिमा विकास बैंकका सम्पूर्ण शाखामार्फत आफ्ना सेवाहरु ग्राहकसम्म पुर्‍याउँदै आएको छ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...