CG Electronics
IME Life
NIMB

सामसङ नेपालद्वारा होली अफर घोषणा, वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट

NIMB
Himalayan Bank

 

काठमाडौं । सामसङ नेपालले होली पर्वको अवसर पारेर आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट तथा एक्सचेन्ज बोनससहितको विशेष अफर सार्वजनिक गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरका विभिन्न मोडेलमा आकर्षक छुट, क्यासब्याक तथा सहज फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ केजीदेखि १२ केजी क्षमतासम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट–लोड तथा सेमी–अटोमेटिक टप–लोड वासिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यस्तै, सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ।

सामसङ वासिङ मेसिनमा DIT मोटरमा २० वर्षको वारेन्टी, ४०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा तथा रेफ्रिजरेटरमा ३०० भोल्टसम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा उपलब्ध रहेको कम्पनीले जनाएको छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसनको सुविधा पनि समावेश गरिएको छ।

वासिङ मेसिन अफर

सेमी–अटोमेटिक टप–लोड (७ केजी): १२% क्यासब्याक

फुल्ली अटोमेटिक टप–लोड (८ केजी): १२% क्यासब्याक

एआई इकोबबल फ्रन्ट–लोड (९–१२ केजी): २०% क्यासब्याक

एआई इकोबबल वाशर ड्रायर (९–११ केजी): २३% क्यासब्याक

रेफ्रिजरेटर अफर

साइड–बाइ–साइड (७०० लिटर): ११% क्यासब्याक

५ इन १ (३५०–४१९ लिटर): १६% क्यासब्याक

डबल डोर (२५३–२७५ लिटर): १७% क्यासब्याक

सिंगल डोर (१९२–२३० लिटर): १५% क्यासब्याक

यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधासहित सामसङ होम अप्लायन्स खरिद गर्न सक्नेछन्। प्रक्रिया झन्झटरहित रहेको र नागरिकता मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।

नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...