CG Electronics
IME Life
NIMB

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता अत्याधुनिक टुल्सहरु आएकाले सिभिल इन्जिनियरहरुले पनि उक्त विषयहरुमा दख्खल राख्नुपर्ने पोखरा विश्वविद्यालयका डीन सहप्राध्यापक बुद्धिराज जोशीले बताउनु भएको छ । शुक्रबार चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरा गरेका विद्यार्थीहरुलाई विदाई गर्दै डीन जोशीले पछिल्लो समय भित्रिएका डेटा साइन्स, मसिन लर्निङ, एआई जस्ता टेक्नोलोजीहरुमा इन्जिनियरहरु अभ्यस्त हुनुपर्ने बताउनु भएको हो ।

कलेजका २०१९ र २०२० ब्याचका सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुलर इन्जिनियरिङ अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई विदाई गर्दै सहप्राध्यापक डीनले स्नातक तहमा गरेका रिसर्चहरु बेसिक मात्र हुने भएकोले त्यो भन्दा माथिल्लो तहसम्म अध्ययन गर्नुपर्ने र जीवनमा असल मान्छे बन्न जोडदिनु भयो । ‘ब्याचलर पुरा गरेर तपाईहरु राम्रो विद्यार्थी त बनिसक्नु भयो अब असल मान्छे बन्नुपर्छ । यो नै सबैभन्दा ठूलो च्यालेञ्ज हो ।

अनुशासनमा बस्नु नै ठूलो कुरा हो ।’ पछिल्लो समय उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेसिई रहेको परिप्रेक्ष्यमा उहाँले नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने जिकीर गर्नुभयो । ‘ब्याचलर, मास्टर्स तहमा नेपालमा सिभिल इन्जिनियरिङका सबै कार्यक्रमहरु राम्रा छन् । विदेश जानुपर्छ भन्ने छैन । मास्टर्स लेवलमा जानका लागि रिसर्चलाई बढी फोकस गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।

सह–प्राध्यापक जोशीले सिभिल इन्जिनियरहरुलाई गल्ती गर्ने छुट नभएको भन्दै पेशागत मर्यादा र जिम्मेवारीमा रहेर काम गर्न अनुरोध गर्नुभयो । ‘डाक्टरले उपचारमा एउटा गल्ती गर्दा एक जना बिरामीको ज्यान जान्छ, तर, सिभिल इन्जिनियरले गल्ती गर्दा हज्जारौं नागरिकको ज्यान जान सक्छ त्यसकारण सिभिल इन्जिनियर बढी जिम्मेवार हुनुपर्छ । यस विषयमा ध्यान दिनुपर्छ ।’ देश बनाउनु भन्दा पहिले आफु सक्षम बन्नुपर्ने भन्दै उहाँले मानव संसाधनमा नेपाल राम्रो रहेको तर्क गर्नुभयो । साथै, डीन जोशीले कलेजबाट पास आउट भएका विद्यार्थीहरु पोखरा विश्वविद्यालय र कलेजको एम्बाष्डर भएको भन्दै विश्वविद्यालय र कलेजको नाम उच्च राख्ने गरी काम गर्न सुझाउनु भयो ।

नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालय भन्दा पनि पुरानो इतिहास बोकेको कलेज भएको भन्दै उहाँले कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु भाग्यमानी रहेको जिकीर गर्नुभयो । केही समय अगाडी कलेज समस्यामा रहेपनि पछिल्लो समय राम्रो बन्दै गएको भन्दै उहाँले कलेज बचाउन पूर्वविद्यार्थीहरुको सक्रियता रहनुपर्ने पनि औंल्याउनु भयो । साथै, नयाँ पाठ्यक्रम तयार गर्न विश्वविद्यालयले कलेजलाई सिस्टम भित्र रहेर सहकार्य गर्न सदैव तत्पर रहेको जनाउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल इन्जिनियरिङ काउन्सिलका उपाध्यक्ष सह–प्राध्यापक विकास अधिकारीले काउन्सिलले लिने परीक्षा पास गरेर मात्र व्यवसायिक जीवनमा लाग्न सुझाउनु भयो । नेपाल इन्जिनियरिङ कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु अब्बल रहेको चर्चा गर्दै उहाँले इन्जिनियरिङ पेशालाई मर्यादीत र व्यवसायिक गर्न काउन्सिल लागेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अथिती तथा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी, सहायक प्राचार्य मोहनध्वज केसी लगायतले कलेजले प्रदान गरेको इन्जिनियरिङ शिक्षा, विद्यार्थीहरुको योग्यता र भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई मायाको चिनो तथा उत्कृष्ट भएका विद्यार्थीहरुलाई मेडल प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा २०१९ र २०२० का २०० विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...