CG Electronics
IME Life
NIMB

११ महिनामा ४,२४९ विद्युतीय दुई पांग्रे दर्ता, मंसिरपछि निरन्तर गिरावट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा देशभर ४ हजार २४९ युनिट विद्युतीय स्कुटर तथा बाइक दर्ता भएका छन्। यातायात व्यवस्था कार्यालयका अनुसार यस अवधिमा ३ हजार ७४१ युनिट विद्युतीय स्कुटर र ५०८ युनिट इलेक्ट्रिक बाइक दर्ता भएका हुन्।

कार्यालयका अनुसार पछिल्लो समय विद्युतीय दुई पांग्रेको दर्ता घट्दो क्रममा रहेको छ। मंसिर महिनामा सबैभन्दा धेरै ७४७ युनिट विद्युतीय स्कुटर र बाइक दर्ता भएको थियो। तर पछिल्लो महिना वैशाखमा जम्मा २५० युनिट मात्रै दर्ता भएको कार्यालयले जनाएको छ। यस आधारमा विद्युतीय दुई पांग्रेको दर्ता करिब ७० प्रतिशतले घटेको देखिएको छ।

महिनागत विवरणअनुसार चालु आर्थिक वर्षको साउनमा ४४९ युनिट, भदौमा ५२५ युनिट, असोजमा ३७१ युनिट र कात्तिकमा ५८६ युनिट दर्ता भएका थिए। मंसिरमा भने दर्ता संख्या बढेर ७४७ युनिट पुगेको थियो।

त्यसपछि दर्ता दर घट्दै गएको देखिन्छ। पुसमा ६२९ युनिट, माघमा १९० युनिट, फागुनमा ४८ युनिट, चैतमा १५४ युनिट, वैशाखमा २५० युनिट र जेठमा २३० युनिट विद्युतीय स्कुटर तथा बाइक दर्ता भएका छन्।

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा सार्वजनिक

किया नेपालद्वारा ‘किया केथ्री सेल्टोस’ नेपाली बजारमा...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २०:४३

काठमाडौं । नेपालका लागि किया गाडीको एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल...

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट सम्मानित: नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ कोसेढुङ्गा 

लक्ष्मी हुन्डाई ‘आइएमइए सर्भिस पर्फर्मेन्स अवार्ड’ बाट...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ०९:३१

  काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी...

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य घट्यो, सबै भेरियन्टमा एक लाख रुपैयाँसम्म छुट

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–भिटाराको मूल्य...

वि.सं.२०८३ जेठ २६ मंगलवार २०:२१

  काठमाडौं । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक CG Motocorp...

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी अटोमोबाइल्सको घोषणा

आईसिएयुआर भी२३ पूर्व-बजेट मूल्यमै उपलब्ध गराउने एसपीजी...

वि.सं.२०८३ जेठ २६ मंगलवार १४:०६

  नेपालका लागि iCAUR गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले...