CG Electronics
IME Life
Ncell NPL

होटल व्यवसायी कुसुवार प्रकरणमा अदालतको आदेश बेवास्ता गरिएको आरोप, व्यवसायीहरू सडक आन्दोलनमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । अदालतको स्पष्ट आदेश हुँदाहुँदै पनि कार्यान्वयन हुन नसकेको भन्दै होटल व्यवसायीहरू आन्दोलित भएका छन्। होटल व्यवसायी अजित कुमार कुसुवारमाथि भएको अन्यायको विरोध गर्दै होटल व्यवसायी महासंघ नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौं, काठमाडौंका विभिन्न इकाइ तथा कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनको संयुक्त आयोजनामा आज काठमाडौं महानगरपालिका–१३ कलङ्कि मा विरोध कार्यक्रम सम्पन्न भएको छ।

व्यवसायी अजित कुमार कुसुवारले मिति २०७९/०१/०१ देखि पाँच वर्षको लागि घरधनी कमल उप्रेतीसँग लिखित सम्झौता गरी घर भाडामा लिएर ए–वान नारायणी गेष्ट हाउस सञ्चालन गर्दै आउनुभएको थियो। सम्झौता अवधि वाँकि रहदै गत २०८२ साल आश्विन महिनामा घरधनीले अचानक अनावश्यक दबाब, धाकधम्की दिँदै जबर्जस्ती घर खाली गराउन लगाई होटल सञ्चालकलाई हटाई नयाँ व्यवसायीलाई होटल भाडामा लगाएको पीडित व्यवसायीको भनाइ छ। यस घटनाले व्यवसायी कुसुवारको व्यवसाय मात्र होइन, लगानी र जीविकामै गम्भीर असर पारेको व्यवसायीहरू बताउँछन्।

उक्त अन्यायविरुद्ध व्यवसायी कुसुवारले उच्च अदालत पाटनमा घरधनीविरुद्ध निवेदन दायर गर्नुभएको थियो। अदालतले मिति २०८२/०९/२३ मा फैसला गर्दै सम्झौता अवधिभर होटल व्यवसायीलाई नियमित रूपमा व्यवसाय सञ्चालन गर्न दिनु भनी स्पष्ट आदेश जारी गरेको छ। अदालतको आदेशमा सम्झौता अवधिभर व्यवसाय सञ्चालनमा अवरोध नगर्न र जबर्जस्ती घरबाट ननिकाल्नू भनी उल्लेख गरिएको छ।

अदालतको आदेश सार्वजनिक भइसके पनि त्यसको कार्यान्वयन नहुनु दुःखद भएको भन्दै आज विरोध कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले जनाएका छन्। विरोध कार्यक्रमका क्रममा “अदालतको आदेशको पालना गरौं”, “घरधनीको शोषण बन्द गर”, “होटल व्यवसायीमाथि अन्याय अत्याचार बन्द गर” र “व्यवसायीहरूको हक, हित र अधिकार सुनिश्चित गरौं” जस्ता नाराहरू लेखिएका ब्यानरहरू प्रदर्शन गरिएको थियो।

आजको कार्यक्रम व्यवसायी कुसुवारकै अनुरोधमा आयोजना गरिएको हो। कार्यक्रममा कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनका सदस्य व्यवसायीहरू, होटल व्यवसायी महासंघ नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौं तथा काठमाडौंका विभिन्न इकाइका पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साथै काठमाडौं महानगरपालिका–१३ का वडा सदस्य रामबाबु कोइराला तथा सुरक्षाकर्मीहरूको उपस्थिति पनि रहेको थियो।

विरोध सभामा बोल्दै वडा सदस्य रामबाबु कोइरालाले अदालतको फैसलाको कार्यान्वयनका लागि आफूले आवश्यक पहल कदमी लिने र यथासम्भव छिटो समाधान निकाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कानुनी राज्यमा अदालतको आदेश सबैले मान्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शेर बहादुर थापाले अदालतको आदेश कार्यान्वयन नगरी व्यवसायीमाथि अन्याय हुन नदिइने स्पष्ट पार्दै घरधनीलाई तुरुन्तै आदेश पालना गर्न आग्रह गर्नुभयो। उहाँले व्यवसायीहरू कानुनअनुसार नै लडिरहेको र महासंघ सधैं व्यवसायीको पक्षमा उभिने बताउनुभयो।

जिल्ला होटल व्यवसायी संघ, काठमाडौंका अध्यक्ष सुरेश बरालले व्यवसायीको लगानी र पेशागत सुरक्षाका लागि संघ जुनसुकै हदसम्म पनि जान तयार रहेको उल्लेख गर्नुभयो। उहाँले अदालतको आदेश बेवास्ता गर्नु व्यवसायिक वातावरण र कानुनी शासनमाथि प्रहार भएको टिप्पणी गर्नुभयो।

यस्तै, नेपाली होटल व्यवसायी संघ मित्रनगरका अध्यक्ष गणेश ढकालले कसैको आर्थिक वा राजनैतिक पावरको दम्भमा व्यवसायीलाई कमजोर ठान्न नहुने बताउँदै होटल व्यवसायीहरूको व्यवसायिक सुरक्षा र अधिकारका लागि संघ सधैं प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।

विरोध कार्यक्रमका क्रममा व्यापक संख्यामा होटल व्यवसायीहरूको उपस्थितिमा पुनः तालाबन्दी गरिएको र घरधनीलाई यथाशीघ्र अदालतको आदेश कार्यान्वयनमा सहयोग गर्न सार्वजनिक रूपमा अपिल गरिएको छ। व्यवसायीहरूले अदालतको आदेश तुरुन्त कार्यान्वयन नभए थप कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

उद्योगी व्यवसायी सरकारका साझेदार, धरपकडको हल्ला निराधार...

वि.सं.२०८३ वैशाख २६ शनिवार १५:०५

  काठमाडौं । स्वर्णिम वाग्ले ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई...

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...