CG Electronics
IME Life
NIMB

टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ। अकाउन्टिङ र व्यवसाय अभ्यासमा केन्द्रित ‘टिगकन २०२६’ माघ १८ गते ललितपुरको पुलचोकस्थित हिमालय होटलमा सम्पन्न भएको छ।

सम्मेलनमा परम्परागत अकाउन्टिङ प्रक्रियालाई कसरी प्रविधिमैत्री, डेटामा आधारित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा लेखा व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, साना तथा मझौला व्यवसायी, प्रविधि व्यवसायी र अन्य डिजिटल इकोसिस्टमका प्रतिनिधिहरू सहभागी थिए।

कन्फेरेन्सको पहिलो सेसन ‘Trust as Collateral: The Future of Lending Powered by Reliable Financial Data’ मा ग्लोबल आईएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेलले अब घर–जग्गा धितोभन्दा व्यवसायको प्रकृति र क्यासफ्लोमा आधारित डेटा हेरेर कर्जा दिने अभ्यास बढ्दै गएको बताए ।

‘डिजिटल अकाउन्टिङको पहुँचले व्यवसायिक जोखिम मूल्याङ्कनमा ठूलो परिवर्तन ल्याएको छ। टिगमार्फत क्लाउडबाट सुरक्षित वित्तीय डेटा साझा गर्दा बैंकहरूले रियल–टाइममा वित्तीय डेटा हेरेर निर्णय लिन सक्छन्। यसले साना तथा मझौला व्यवसायका लागि वित्तीय पहुँच विस्तार गर्छ र व्यवसाय–बैंक बीचको विश्वास बलियो बनाउँछ,’ उनले भने

दोस्रो सेसनमा चार्टर्ड अकाउन्टेन्ट अरूण राउतले अकाउन्टिङ फर्महरूलाई कर र लेखा परीक्षणमा मात्र सीमित नरही व्यवसायको दिगो विकास र रणनीतिक निर्णयमा सहयोगी भूमिका निभाउन आवश्यक रहेको बताए । लाइभ बैंको स्टेटमेन्ट र अटोमेटेड रिकन्सिलेसनका कारण अब अकाउन्टिङको काम छिटो, सहज र सही हुँदै गएको उनको भनाइ छ ।

अन्तिम सेसनमा रारा ल्याब्सका संस्थापक मनोज घिमिरेले प्रविधिले व्यवसायिक काम, अकाउन्टिङ र अडिट प्रक्रियालाई सहज बनाउँदै लगिरहेको जानकारी दिए।

‘एआईले दोहोरिने र झन्झटिला कामहरू स्वचालित बनाउँदै जान्छ। भविष्यमा अडिट पनि रियल–टाइम हुनेछ, जसका कारण व्यवसायको अवस्था बुझ्न वर्ष दिन कुर्नु पर्दैन,’ उनले भने, ‘प्रविधिले धेरै काम स्वचालित बनाउँदा मानिसको भूमिका नैतिकता, जिम्मेवारी र निर्णय प्रक्रियामा अझ केन्द्रित हुनेछ।’

उनका अनुसार टिग जस्ता सफ्टवेयरले परम्परागत लेखा प्रक्रियालाई सजिलो बनाउँदै व्यवसायको निर्णय प्रक्रियामा बढी ध्यान केन्द्रित गराउन सहयोग गर्नेछन् ।

टिग नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर हो, जसले अटोमेसन, कम्प्लायन्स र इन्टेलिजेन्ट रिपोर्टिङ एउटै प्लेटफर्मबाट उपलब्ध गराउँदै व्यवसायलाई सजिलो र विश्वासिलो बनाउँदै आएको छ। यसले साना तथा मझौला व्यवसाय र इन्टरप्राइजको वित्तीय व्यवस्थापन सरल र स्केलेबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...