CG Electronics
IME Life
NIMB

दराजको ‘१ रुपैयाँ डिल’ बन्यो भाग्य बदल्ने अवसर, ललितपुरकी आश्मा दाहालले पाइन् एथर रिज्टा इलेक्ट्रिक स्कुटर

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एक रुपैयाँको साधारण खरिदले पनि ठूलो जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छन् ललितपुरको हरिसिद्धी निवासी आश्मा दाहाल। दराज नेपालको लोकप्रिय ‘११.११’ अभियानअन्तर्गत सञ्चालन गरिएको ‘१ रुपैयाँ डिल’ मार्फत दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जित्दै ग्राण्ड प्राइज हात पार्न सफल भएकी हुन्।

दराज ११.११ अभियान गत नोभेम्बर १० साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो। ग्राहकहरूको उच्च सहभागिताका कारण उक्त अभियान नोभेम्बर ३० सम्म विस्तार गरिएको दराजले जनाएको छ।

अभियानको नियमअनुसार ‘१ रुपैयाँ डिल’ अन्तर्गतका सामग्री सफलतापूर्वक अर्डर गरी सबैभन्दा बढी डेलिभरी भएका अर्डर पूरा गर्नुका साथै न्यूनतम १० हजार रुपैयाँ बराबरको खरिद मापदण्ड पूरा गरेपछि दाहाल ग्राण्ड प्राइजका लागि छनोट भएकी थिइन्।

ग्राण्ड प्राइज स्वरूप प्रदान गरिएको एथर रिज्टा इलेक्ट्रिक स्कुटर परिवारमैत्री र स्मार्ट शहरी यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। फराकिलो डिजाइन, उन्नत सुरक्षा सुविधा, स्मार्ट ड्यासबोर्ड तथा सहज राइडिङ अनुभवका कारण यो स्कुटर दिगो र व्यवहारिक इलेक्ट्रिक मोबिलिटीको नयाँ मानकका रूपमा परिचित छ।

यसै अभियान अन्तर्गत दराज नेपालले अन्य आकर्षक उपहार योजनाका विजेताहरूको पनि घोषणा गरेको छ। राजविराजका सुवास विश्वकर्माले बिग डिजिटलद्वारा प्रायोजित एक जनाका लागि थाइल्याण्ड यात्रा जितेका छन्। काठमाडौंको कमलादीकी निकिता श्रेष्ठले एस्टाबेरीद्वारा प्रायोजित दुई जनाका लागि होटल कन्ट्री भिल्लामा बसाइ जितेकी छन्।

त्यसैगरी, कुलेश्वर काठमाडौंकी नम्रता सापकोटा, लहानकी कृपा शाही ठकुरी, बुटवलकी अलिशा श्रेष्ठ, ललितपुरकी शिवानी मिश्र तथा कोटेश्वर काठमाडौंका अभिषेक पौडेलले डा. शेठ्सद्वारा प्रायोजित दुई जनाका लागि यती × रुपाकोट बसाइ जितेका छन्।

दराज नेपालका प्रवक्ताका अनुसार ११.११ अभियानले ग्राहकहरूलाई छुट मात्र नभई मूल्यवान् अनुभव प्रदान गर्ने कम्पनीको प्रतिबद्धता पुनः पुष्टि गरेको छ। उनले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा थप नविन र रोमाञ्चक अभियान ल्याइने बताए।

सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एशियाको अग्रणी ई–कमर्स प्लेटफर्म हो। दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले अत्याधुनिक प्रविधिमार्फत बिक्रेता र उपभोक्तालाई जोड्दै ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवा क्षेत्रमा समग्र पूर्वाधार विकास गर्दै आएको जनाएको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...