CG Electronics
IME Life
NIMB

नेपाल टेलिकमद्वारा जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सुविधा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिम प्रयोग गर्ने ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ। कम्पनीले आफ्नो २२औं वार्षिकोत्सवको अवसर पारेर माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध गराएको जनाएको छ।

यसअघि गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट उक्त सेवाको परीक्षण शुभारम्भ गरिएको थियो। अब ग्राहकहरूले कम्पनीमा रहेको आफ्नो व्यक्तिगत विवरण आफैं अनलाइनमार्फत सच्याउन तथा अद्यावधिक गर्न सक्नेछन्।

नेपाल टेलिकमका अनुसार विवरण अद्यावधिक गर्न ग्राहकहरूले कस्टमर लगइन पोर्टलमार्फत आवश्यक जानकारी भर्नुपर्नेछ। यस क्रममा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गरी आफ्नो व्यक्तिगत विवरण तथा आफूले धेरै सम्पर्क गर्ने पाँच वटा मोबाइल नम्बरसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

अनलाइनमार्फत विवरण भरेपछि प्रमाणीकरणका लागि ग्राहकहरूले नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि कम्पनीको प्रणालीमार्फत विवरण प्रमाणित गरी अद्यावधिक गरिनेछ।

कम्पनीले हालसम्म धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा नयाँ सेवाले विवरण सच्याउन सहज बनाउने विश्वास व्यक्त गरेको छ। साथै, यस सेवाबाट अन्य सरकारी निकायमा पनि ग्राहकको विवरण अद्यावधिक राख्न सहज हुने अपेक्षा गरिएको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन्।

 

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...