CG Electronics
IME Life
NIMB

मजबुत ‘टाइटन–टफ’ बनावट र शक्तिशाली ब्याट्रीसहित Redmi Note 15 नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। शाओमीले नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले उक्त फोनलाई मजबुत बनावट, उच्च क्षमताको ब्याट्री तथा एआई प्रविधियुक्त सुविधासहित बजारमा ल्याएको जनाएको छ।

फोनमा ६,०००mAh क्षमताको ब्याट्री राखिएको छ, जसमा ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध रहेको छ। कम्पनीका अनुसार स्मार्ट चार्जिङ प्रणालीले ब्याट्रीको दीर्घकालीन कार्यक्षमता कायम राख्न सहयोग गर्छ। पूर्ण चार्जपछि फोन दुई दिनसम्म प्रयोग गर्न सकिने तथा २४ घण्टासम्म भिडियो प्लेब्याक र ५० घण्टासम्म कल गर्न सकिने दाबी गरिएको छ।

Redmi Note 15 लाई टिकाउ बनावटमा तयार गरिएको छ। IP64 डस्ट तथा वाटर रेसिस्टेन्ट सुविधा र Wet Touch Technology 2.0 को प्रयोगले पानी वा धुलोयुक्त वातावरणमा पनि फोन सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। साथै, बलियो डिस्प्ले ग्लास र आन्तरिक संरचनाले फोनलाई झट्काबाट सुरक्षित राख्ने बताइएको छ।

फोटोग्राफीका लागि फोनमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ३X अप्टिकल टेलिफोटो क्यामेरा, २ मेगापिक्सेल डेप्थ क्यामेरा र २० मेगापिक्सेल फ्रन्ट क्यामेरा राखिएको छ। यसले विभिन्न फोकल लम्बाइमा स्पष्ट तस्बिर खिच्न सहयोग गर्ने कम्पनीको दाबी छ। मनोरञ्जनका लागि डुअल स्पिकर, Dolby Atmos र Hi-Res अडियो सपोर्ट उपलब्ध गराइएको छ।

फोनमा अधिकतम ८GB र्याम तथा ५१२GB स्टोरेज सुविधा रहेको छ। Xiaomi HyperOS मा सञ्चालन हुने यो फोन ६nm MediaTek Helio G100-Ultra चिपसेटबाट सञ्चालित छ। साथै, AI Erase, AI Beautify, AI Sky, Google Gemini र Circle to Search जस्ता एआई फिचर समावेश गरिएको छ।

Redmi Note 15 मा ६.७७ इन्चको AMOLED डिस्प्ले, १२०Hz रिफ्रेस रेट र ३,२०० निट्ससम्म ब्राइटनेस रहेको छ। सुरक्षाका लागि इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर तथा फेस अनलक सुविधा पनि उपलब्ध छ।

Glacier Blue, Purple, Forest Green र Black रङमा उपलब्ध उक्त स्मार्टफोन नेपालभर Teledirect Pvt. Ltd. र Vatsal Impex Pvt. Ltd. का आधिकारिक डिलरमार्फत बिक्री भइरहेको छ। फोनको ६GB+१२८GB भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ र ८GB+२५६GB भेरियन्टको मूल्य ३५,९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...