CG Electronics
IME Life
NIMB

नेपालीरिका होटेलको ५० करोड बराबरको आईपीओ निष्काशन तयारी

NIMB
Himalayan Bank

 

काठमाडौँ । मोरङको विराटचोक मा सञ्चालित नेपालीरिका होटेल लिमिटेड ले सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० लाख कित्ता शेयर जारी गर्ने जनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतामा होटलका अध्यक्ष भोलेश्वर दुलाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ बीच मिति २०८२ माघ २९ गते नयाँ बानेश्वर मा हस्ताक्षर भएको हो।

कम्पनीका अनुसार आईपीओ निष्काशनले संस्थागत पारदर्शिता अभिवृद्धि गर्नुका साथै पर्यटन तथा आतिथ्य उद्योगको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै यसले मोरङ क्षेत्रको लगानी वातावरण विस्तारमा समेत सहयोग पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

नेपालीरिका होटलले विराटचोकमा १४६ वटा आधुनिक सुविधासहितका कोठा तथा सुइट सञ्चालन गर्दै आएको छ। होटलमा विवाह, सम्मेलन तथा विभिन्न कर्पोरेट कार्यक्रम आयोजना गर्न मिल्ने बहुउद्देश्यीय हलहरू रहेका छन्।

यसैगरी दमक मा सञ्चालित होटल शाखामा ३९ वटा कोठा तथा सुइट, रेस्टुरेन्ट, बार तथा परम्परागत नेपाली शैलीमा निर्माण गरिएको हेरिटेज ब्लक रहेको छ। उक्त होटलले ५० देखि १५०० जनासम्मका कार्यक्रम सञ्चालन गर्न सक्ने भोज तथा सम्मेलन सेवा र स्विमिङ पूल सुविधा उपलब्ध गराउँदै आएको छ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस–टु–एजेन्ट’ सुविधा सार्वजनिक

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१०

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — संयुक्त राज्य...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को औपचारिक शुभारम्भ

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भील’को...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:०६

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ एआई–सञ्चालित क्रिएटर मार्केटिङ...