CG Electronics
IME Life
NIMB

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र: विनोद चौधरीद्वारा स्वागत

NIMB
Himalayan Bank

 

नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ। विशेषगरी बर्दघाट, प्रतापपुर, सुस्ता र सरावल क्षेत्रबाट सयौं युवा, आमा–बुवा, दाजु–भाइहरू कांग्रेस प्रवेश गरेका छन्। पार्टी प्रवेशको यो लहरले क्षेत्रीय राजनीतिक माहोललाई थप तातेको छ।

नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पछिल्लो एक हप्तामा मात्रै उल्लेख्य संख्यामा पार्टी प्रवेश भएको जानकारी दिए। उनले युवादेखि विभिन्न पेशा र समुदायका व्यक्तिहरूको सहभागिताले बदलिएको कांग्रेसप्रति जनताको भरोसा देखिएको बताए।

चौधरीका अनुसार यो लहरले सम्पूर्ण पार्टी पंक्तिलाई ठूलो हौसला दिएको छ। “नयाँ र नवीन सोच खोजेका हरेक नेपालीको छाता नेपाली कांग्रेस हो। समाजका हरेक समूहको सोच र आवाज कांग्रेस पार्टीले बोकेको छ। अब चुनावमा कांग्रेसलाई जिताएर देश विकासमा जुट्नुपर्ने समय आएको छ,” उनले भने।

स्थानीय तहमा देखिएको कांग्रेस प्रवेशको क्रमलाई राजनीतिक विश्लेषकहरूले आगामी निर्वाचन परिणामसँग जोडेर हेर्न थालेका छन्। कांग्रेस पक्षधरहरू भने यसलाई रूपान्तरित कांग्रेसप्रति आम नागरिकको समर्थनको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...