NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

बिक्रम खनाललाई टिकट दिएपछि रास्वपामा असन्तुष्टि, वडा सभापतिले छोडे पार्टी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसमा राजनीति गर्दै आएका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टी ले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन्।

राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि, उनी निकट पार्टी नेताहरूका अनुसार बिक्रम खनाललाई टिकट दिँदा नवलपरासीको समग्र पार्टी पंक्तिले आफू अपमानित भएको महसुस गरेको र त्यसकै प्रतिक्रियास्वरूप हरिजनले राजीनामा दिएको जानकारी दिएका छन्।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए। संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न उनले मुख्य भूमिका खेलेका थिए। यही योगदानका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने दृढ मान्यता स्थानीय पार्टी पंक्तिमा रहेको थियो, र ठकुरी स्वयं पनि टिकट पाउनेमा विश्वस्त थिए।

तर अन्तिम समयमा नेपाली कांग्रेसका बिक्रम खनाललाई टिकट दिइएपछि रास्वपाको मूल समूह असन्तुष्ट बनेको छ। यही असन्तुष्टिको प्रतिक्रियास्वरूप पार्टीका जिम्मेवार पदमा रहेका पदाधिकारीहरूले राजीनामा दिन थालेको बताइएको छ।

महेन्द्र सेन ठकुरीलाई अपमानजनक रूपमा पन्छाएर बिक्रम खनाललाई टिकट दिन, कांग्रेसबाटै रास्वपा प्रवेश गरेका पार्टी उपाध्यक्ष स्वर्णिम वाग्ले को मुख्य भूमिका रहेको चर्चा छ। वाग्ले र बिक्रम खनालबीचको व्यक्तिगत सम्बन्धलाई पार्टीको टिकट वितरणमा दुरुपयोग गरिएको आरोपसँगै असन्तुष्टि चुलिएको हो।

आफूहरूलाई रास्वपाको संगठन निर्माणमा खटिएका अब्बल कार्यकर्ता मान्नेहरू यस क्षेत्रका उम्मेदवारसमेत कांग्रेसकै पृष्ठभूमिका भएको बताउँदै आएका छन्। “टिकट वितरणको प्रक्रियाले रास्वपालाई पनि पुरानै दलजस्तो बनाइयो, जुन हामी स्वीकार गर्न सक्दैनौँ। महेन्द्र सेन ठकुरीमाथि गम्भीर अन्याय गरिएको छ। यस्तो प्रवृत्तिले अब रास्वपाको पहिचान नै संकटमा परेको छ,” असन्तुष्ट कार्यकर्ताहरूको भनाइ छ।

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य मरेको छैन, कलम हारेको छैन

जेलबाट छुटेपछि किशोर श्रेष्ठले भने : सत्य...

वि.सं.२०८३ भदौ ३ बुधवार ००:२२

  काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ...

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...