IME Life
NIMB

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ब्रान्च अप्रेसन मिट भव्य रुपमा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । सूर्यज्योति लाइफद्वारा आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेशनका देश भरिका कर्मचारीहरुलाई एउटै छाता मुनि भेला गरी “Service Excellence and Compliance” अन्तर्गत बृहत तालिमको आयोजना गरेको हो।

उक्त कार्यक्रम चितवनको भरतपुरमा अवस्थित Lords CBC Plaza मा आयोजना गरिएको हो। उक्त कार्यक्रमामा देशैभरिका २०० जना ब्रान्च अपरेशन अन्तर्गत कार्यरत कर्मचारीहरु, विभागीय प्रमुखहरु, एक्जुकेटिभहरु, कार्यकारी उप प्रमुख अधिकृत, प्रमुख कार्यकारी अधिकृत, संचालक समिति सदस्य लागाएत प्रशिक्षकद्वय मनोज भट्टराई (बैंकिंग तथा बीमा बिज्ञ) र पदम प्रसाद सोडारी, उप निर्देशक, नेपाल बीमा प्राधिकरणको उपस्थिति रहेको थियो।

AML/CFT सम्बन्धी विस्तृत प्रशिक्षण नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले प्रदान गरेका थिए भने Service Excellence सम्बन्धी प्रशिक्षण बैंकिङ तथा बीमा बिज्ञ मनोज कुमार भट्टराईले दिएका थिए। साथै, सोही अवसरमा विभागीय प्रमुखहरुसँगको प्यानल अन्तरक्रिया अन्तर्गत विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए जसमा ब्रान्च अपरेशन सम्बन्धि विभिन्न विषयहरु समेटिएका थिए।

 

उक्त अवसरमा कार्यक्रमका सहभागीहरूले आफ्नो दैनिक कार्यसम्पादनका क्रममा भोगेका कठिनाइ तथा उठेका जिज्ञासाहरू सम्बन्धित प्यानलमार्फत विभागीय प्रमुखहरूले सम्बोधन गरेका थिए। सम्पूर्ण सत्रहरूलाई व्यवस्थित तथा प्रभावकारी रूपमा सञ्चालन गर्दै कार्यक्रम सफल बनाउन कम्पनीका Chief Support Services उमेश प्रसाद मैनालीले सहजीकरण (Moderator) को भूमिका निर्वाह गरेका थिए।

“सूर्यज्योति लाइफको शाखा कार्यालयमा रही अहोरात्र खटिने ब्रान्च अपरेशन कर्मचारीहरू नै कम्पनीका वास्तविक Service Ambassadors हुन र ब्रान्च अपरेशनको कार्यसम्पादनले नै कम्पनीको Brand Value तथा Business Expansion मा अहम भूमिका खेल्दछ”, कम्पनीका प्रमुख कार्यकारी अधिकृत, प्रकाश विक्रम खत्रीले बताए। साथै ‘कम्पनीले Digitalization मा ठुलो फड्को मारेको र अब AI तर्फ जाने तयारी गरेको’ कम्पनीका संचालक, हेमन्त नाहाटाले बताए।

“साथै, यस कार्यक्रममा सहभागीहरूले देशभरिका सहकर्मीहरू, विभागीय प्रमुखहरू र उच्च व्यवस्थापनसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको फलस्वरूप कम्पनीको अवस्था र रणनीति बुझ्नका साथै आफ्नो भूमिका र दायित्वप्रति स्पष्ट मार्गदर्शन पाएको बताएका छन् ।”

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...