IME Life
NIMB

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा राष्ट्रिय खेलाडी साबित्रा भण्डारीलाई आर्थिक सहयोग

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट खेलाडी तथा राष्ट्रिय गौरवकी प्रतीक साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

हाल गम्भीर घुँडाको चोटका कारण शल्यक्रिया तथा दीर्घकालीन उपचार आवश्यक परेको अवस्थामा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अनुरूप उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

साम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाउँदै आएकी छन् । नेपाली महिला फुटबलको पहिचान स्थापित गर्न तथा महिला खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन उनको योगदान महत्वपूर्ण मानिन्छ । यस्तो चुनौतीपूर्ण परिस्थितिमा उनीप्रति ऐक्यबद्धता जनाउनु र आवश्यक सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको कम्पनीको विश्वास रहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सामाजिक, मानवीय तथा खेलकुद प्रवर्द्धनसम्बन्धी गतिविधिहरूमा सधैं अग्रसर रहँदै आएको संस्था हो । कम्पनीले आगामी दिनहरूमा पनि राष्ट्रहित तथा समाजमुखी पहलहरूमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...