IME Life
NIMB

होलीलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ प्रालिको सर्भिस क्याम्प सुरु

NIMB
Himalayan Bank

काठमाडौं । नेपालीहरुको महान पर्व होली नजिकिदै गर्दा यातायातका साधनहरुको प्रयोग पनि अन्य समय भन्दा उच्च रहने गर्छ । सवारी साधनहरुको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्र पनि गर्न सकिन्छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले होली सर्भिस क्याम्पको आयोजना गरेको छ । आज देखि सुरु भएको सो क्याम्प आगामी फागुन १५ सम्म चल्ने छ ।

सम्पूर्ण टाटा कमर्सियल गाडीहरुका ग्राहकहरुलाई सुरक्षित यात्राका कामना सहित चाडपर्वको बेला ढुक्कसँग आफ्नो व्यवसाय संचालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले सो क्याम्प आयोजना गरिएको कम्पनीको भनाइ छ । उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरहरुमा एकै साथ संचालन हुनेछ ।

उक्त क्याम्पमा सहभागी ग्राहकका गाडीहरुको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरुको चेकअप गरिने छ । यसमा ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा लुब्रिकेसन, टायर÷ह्विल सेफ्टी, इलेक्ट्रिकल सिस्टम, स्टेयरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याविन सेफ्टी, च्यासिस तथा अन्डरबडी चेक र इमरजेन्सी तथा सेफ्टी सम्बन्धी चेकअप सुविधाहरु रहेका छन् । यसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्ने र यदि मर्मत तथा संभार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्युनइ पार्ट्समा १५ देखि २० प्रतिशत सम्म छुट, लुब्रिकेन्टमा २२ प्रतिशत छुट र लेवर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

सर्भिस प्यकेजमा दर्ता भएमा यही सुविधा एक वर्ष सम्म पाउन सकिने व्यवस्था कम्पनीले गरेको छ । प्रि–सर्भिस बुकिङ गरी वर्कशप आउने भाग्यशाली तीन जना ग्राहकहरुलाई स्र्माटफोन जित्ने सुवर्ण अवसर पनि हुने बताइएको छ ।

यस अवधिभरमा दुई हजार भन्दा बढी गाडीहरुको चेकअप गर्र्ने लक्ष्य कम्पनीले लिएको बताइएको छ ।

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...