IME Life
NIMB

एन आई सी एशिया बैंकद्वारा सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सञ्चालनमा

NIMB
Himalayan Bank

 

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड ले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग तथा गैर-बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

बैंकले सार्वजनिक गरेको उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने जानकारी उपलब्ध गराइएको बैंकले जनाएको छ। यसले ग्राहकहरूलाई सम्पत्तिको वास्तविक विवरण सहज रूपमा अनलाइनबाटै प्राप्त गर्न सहयोग गर्ने विश्वास बैंकले लिएको छ।

लिलाममा रहेका सम्पत्तिहरू खरिद गर्न इच्छुक ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी थप जानकारीका लागि बैंकसँग सम्पर्क गर्न सक्ने व्यवस्था समेत गरिएको छ।

बैंकका अनुसार उक्त पोर्टलमा नियमित रूपमा बैंकिङ्ग, गैर-बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्री सम्बन्धी सम्पत्तिहरूको विवरण र अन्य आवश्यक सूचनाहरू अद्यावधिक गरिनेछ। यसबाट ग्राहकहरूले सहज, पारदर्शी र व्यवस्थित रूपमा लिलाम सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...