IME Life
NIMB

नबिलको अटो लोन ५.९१ प्रतिशतमा, ६० प्रतिशतसम्म कर्जा पाइने

NIMB
Himalayan Bank

काठमाडौं। देशको सबैभन्दा ठूलो वाणिज्य बैंक नबिल बैंकले सस्तो ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ। बैंकले विद्युतीय तथा पेट्रोलियम दुबै प्रकारका प्यासेन्जर कार खरिदका लागि ५.९१ प्रतिशत ब्याजदरमै कर्जा दिने जनाएको हो।

बैंकका अनुसार ग्राहकले प्यासेन्जर कार खरिद गर्न कुल मूल्यको अधिकतम ६० प्रतिशतसम्म कर्जा लिन सक्नेछन्। बाँकी ४० प्रतिशत रकम डाउनपेमेन्टका रूपमा ग्राहकले आफैं व्यवस्था गर्नुपर्नेछ। कर्जाको अवधि अधिकतम ७ वर्षसम्म हुने व्यवस्था रहेको बैंकले जनाएको छ।

नबिल बैंकले ल्याएको यो अफर हालसम्मकै सबैभन्दा सस्तो अटो लोन योजनामध्ये एक भएको दाबी गरेको छ। पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी बढ्नु र कर्जाको माग घट्नुका कारण बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन्।

हाल अधिकांश वाणिज्य बैंकहरूले एकल अंकको ब्याजदरमै अटो लोन उपलब्ध गराउँदै आएका छन्, जसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई थप सहज बनाएको छ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...