IME Life
NIMB

रास्वपा नवलपरासी पश्चिमका जिल्ला सभापति महेन्द्रसिंह ठकुरी कांग्रेस प्रवेश

NIMB
Himalayan Bank

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी पश्चिम जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन्।

आज बर्दघाट–१२ मा आयोजित चुनावी आमसभामा कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा तथा केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम–१ का उम्मेदवार विनोद चौधरी ले ठकुरीलाई पार्टीमा स्वागत गरेका हुन्।

ठकुरीसँगै पश्चिम नवलपरासीका सयौं रास्वपा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेशपछि सम्बोधन गर्दै ठकुरीले रास्वपाले सक्षमताको आधारमा नभई विभिन्न प्रलोभनका आधारमा चुनावी टिकट बाँडेको बताए। “सक्षमतालाई कदर गर्न नसक्ने पार्टीमा म बस्न सक्दिनँ,” उनले भने। बदलिएको कांग्रेसको परिवेश र नेतृत्वप्रति विश्वासका कारण आफू कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ थियो।

“रास्वपामा न्याय मरेको छ। कांग्रेसले मलाई न्याय दिएको छ, दिनेछ,” ठकुरीले दाबी गरे। उनका अनुसार रास्वपामा पारदर्शिता, न्याय र विधिको शासनको अभाव रहेको छ। “यस्तो पार्टीले देश हाँक्न सक्दैन, सामाजिक सञ्जाल मात्र हाँक्ने हो,” उनले टिप्पणी गरे।

ठकुरीले नवलपरासी पश्चिम–१ मा कांग्रेसले सबैभन्दा सक्षम उम्मेदवारका रूपमा विनोद चौधरीलाई अघि सारेको उल्लेख गर्दै उनको जित सुनिश्चित रहेको बताए।

२०७९ सालको आम निर्वाचनमा ठकुरीले सोही क्षेत्रबाट १२ हजार मत प्राप्त गरेका थिए।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...