IME Life
NIMB

भारतकै टप ब्रान्ड ‘एम्पीयर’ अब नेपालमा, एसटीसी अटो शोलुसनद्वारा दुई मोडल सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड एम्पीयर हामीले नेपाल ल्याएका छौं । भारतमा १६५ वर्षको इन्जिनियरिङ अनुभव भएको ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गरेको एम्पीयर ब्रान्डका स्कुटरको आधिकारीक बिक्रेताको रुपमा एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो शोलुसन प्रा. लि. ले ल्याएको हो ।

एसटीसी अटो शोलुसन प्रा. लि. ले एम्पीयरका दुई मोडलका स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको छ । ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले बिगत १७ वर्षदेखि भारतमा विद्युतीय दुई पाँग्रे साधन उत्पादन गर्दै आएको छ । ग्रीभ्सका उत्पादन एम्पीयर भारतमा टप ६ ब्रान्डको रुपमा आनो बलियो उपस्थिति जनाइरहेको ब्रान्ड हो ।

 

एसटीसी अटो शोलुसन प्रा. लि. ले एम्पीयरका स्कुटरहरु हाई पर्फमेन्स भएका विश्व स्तरीय स्कुटरहरु नेक्सस र म्याग्नस निओ गरी दुई मोडलका स्कुटरको बिक्री सुरु भएको जानकारी गराउँदछौं ।

एम्पीयरका स्कुटहरुमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग भएका छन् । यी स्कुटहरु अत्यन्तै चिसो (माइनस ४० डिग्री) र अन्यन्तै तातो (६० डिग्री) मा परिक्षण भएका छन् । एम्पीयरमा प्रयोग भएका लिथियम फेरो फोस्फेट ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेका छन् । यी ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टि रहने छ । एम्पीयरका स्कुटहरुमा मजबुद च्यासीस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजीहरु प्रयोग भएका छन् ।

एम्पीयर मेग्नस निओ

एम्पीयर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम ब्याट्री प्याक उपलब्ध रहेका छ भने यसलाई एक पटक फुलचार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यो स्कुटरमा आरामदायी सिटका साथै १५० किलो लोडिङ क्षमता र १६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ । यसमा लो, हाई र रिर्भस राइडिङ मोड उपलब्ध छ । यसको मूल्य (रु. ३,३०,०००) तीन लाख तीस हजार रुपैयाँ मात्र कायम गरिएको छ ।

नेक्सस

नेक्ससमा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । यसलाई एक पटक फुलचार्ज गरेर १०७ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यो ब्याट्री प्याकलाई घरमै ३ घन्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।

मिड माउन्ट मोटर भएको यो स्कुटरमा रिभर्स सहित पाँच राइड मोड उपलब्ध छन् । यसमा अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, यूएसबी चार्जर, केनेक्टिभिटी जस्ता फिचर्स पाउन सकिन्छ । यसको मूल्य (रु. ३,३०,०००)तीन लाख तीस हजार रुपैयाँ मात्र तोकेर बिक्री सुरु गरेका छौं ।

थप जानकारीका लागि stcautosolutionpvtltd@gmail.com मा सम्पर्क गर्नसक्नु हुन्छ ।

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...