machhapuchhre bank
CG Electronics
IME Life

नबिलको जलन उपचार शिविर सम्पन्न, ६५ बिरामीले पाए निःशुल्क सेवा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

धनगढी। नबिल बैंकको आयोजनामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सञ्चालन गरिएको निःशुल्क जलन उपचार शिविर सम्पन्न भएको छ। फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको शिविरबाट ६५ जना जलनका बिरामी लाभान्वित भएका छन्।

शिविरमा आएका बिरामीमध्ये २० जनाको सेती प्रादेशिक अस्पतालमै विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल प्रकृतिका १८ जनालाई थप उपचारका लागि काठमाडौंस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको बैंकले जनाएको छ।

नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा सञ्चालन भएको उक्त शिविरमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका जलनपीडितले सेवा लिएका थिए। आर्थिक अवस्था कमजोर भएका तथा लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जनाइएको छ।

सुषमा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोलीले शिविरमा उपचार सेवा प्रदान गरेको थियो। उनका अनुसार सघन उपचार आवश्यक रहेका बिरामीलाई काठमाडौं रिफर गरिएको हो। उनले नेपालमा जलनसम्बन्धी समस्या अझै गम्भीर रहेको उल्लेख गर्दै समयमै उपचार नपाउँदा बिरामीको अवस्था जटिल बन्ने बताए।

शिविरमा सहभागीमध्ये ३५ पुरुष र ३० महिला रहेका थिए। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम तथा विपन्न समुदायका जलनपीडितलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए। उनले यस्ता कार्यक्रम आगामी दिनमा अन्य प्रदेशमा पनि विस्तार गरिने जानकारी दिए।

यसैबीच, शिविरसँगै सेती प्रादेशिक अस्पतालमा आधारभूत जलन उपचारसम्बन्धी तालिमसमेत सञ्चालन गरिएको थियो। उक्त तालिममा अस्पतालका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए। तालिमले जलनपछिको उपचार तथा व्यवस्थापनमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...