CG Electronics
IME Life
NIMB

नवलपरासी मेरो घर हो,यहीँ उद्योग खुल्छ,रोजगारी सिर्जना हुन्छ: बिनोद चौधरी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

नवलपरासी ।नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले मुलुकमा स्थायी सरकार निर्माणका लागि पार्टी भित्रै बिद्रोह गर्नु निकै चुनतीको अवस्था रहेको बताए ।बिगत ३० बर्षको अवधिमा ३६ ओटा सरकार बनेपनी अस्थिर सरकारले जनतालाई न्याय दिन नसकेको उनले बताए ।

चुनाव प्रचार प्रसारका क्रममा आज प्रतापपुर र सुस्ता पुगेका चौधरीले कोण सभामा बोल्दै अस्थिर सरकारका कारण नागरिकको निरासा जेन्जी आन्दोलनमा परिणत भएको बताए ।आज लाखौ युवा बिदेशीनु पर्दा दिनहुँ जसो तिनका आमाबुबाका आँखामा आँसु हुने गरेको बताउदै उनले यहि नै लघु उधमको बिकास गरी रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिए ।”हरेक युवालाई सपना देख्ने अधिकार छ,स्थानीय स्तरमै रोजगारीको अवसर पाउनु पर्ने अधिकार छ,त्यो बाताबरण हामिले बनाउछौ,बदलिएको काङ्ग्रेसले बनाउछ”उनले भने ।

देशमा देखिएका बिद्यमान सबै समस्याको हल गर्नका लागि नै काङ्ग्रेसले नेतृत्व बदलेर जनतामाझ आएको उनले बताए ।

पछिल्लो समय आफ्ना बारे समाजमा भ्रम छर्ने र नकारात्मक हल्लाहरु फिजाई बिचलित पार्ने प्रयासहरु भैरहेकाले त्यस्ता भ्रममा नपरी हरेक नागरिक आफू सग जोडिन सक्ने,प्रश्न गर्न सक्ने बाताबरण आफुले बनाएको चौधरीले बताए ।मतदाताहरुलाई नकारात्मक हल्लाको पछाडि नलाग्न समेत उनले आग्रह गरे ।

केराको चिप्स उद्योगको बिषयलाई लिएर राजनीति रुपमा रोटी सेक्न खोजिएको बताउदै उनले निकट भविष्यमै उधोग स्थापना हुने दावी गरे।”जुन क्षेत्रलाई मैले आफ्नो घर ठानेको छ र बिदेशमा समेत उद्योग कलकारखाना खोल्ने उधोगिले आफ्नो क्षेत्रमा अवश्य पनि उद्योग खोल्छ,रोजगारी दिन्छ,ढुक्क हुनुस”उनले भने ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...