CG Electronics
IME Life
NIMB

राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त, नयाँ नियुक्तिबारे चर्चा तीव्र

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल राष्ट्र बैंक मा आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। फागुन २४ गतेदेखि डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्र ले नियमित अवकाश पाएपछि उक्त पद खाली भएको हो।

दुवै डेपुटी गभर्नर २०७७ फागुन २५ गते नियुक्त भएका थिए। राष्ट्र बैंकको व्यवस्था अनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ।

राष्ट्र बैंकको नियमअनुसार डेपुटी गभर्नर नियुक्त हुनुअघि व्यक्ति कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुपर्ने व्यवस्था छ। हाल राष्ट्र बैंकमा कार्यरत १८ जना कार्यकारी निर्देशक डेपुटी गभर्नरका सम्भावित प्रत्याशी बन्न योग्य छन्।

हाल तीमध्ये कसले डेपुटी गभर्नरको जिम्मेवारी पाउने भन्ने विषयमा कर्मचारी तथा अर्थनीतिकर्मीबीच व्यापक चर्चा भइरहेको छ।

डेपुटी गभर्नर नियुक्तिका लागि गभर्नरले कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गरेर पठाउने व्यवस्था छ। त्यसपछि मन्त्रिपरिषद्ले सिफारिस गरिएका नाममध्येबाट दुई जनालाई नियुक्त गर्ने प्रावधान रहेको छ।

हाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा. सत्येन्द्र तिमल्सिना र चेतप्रसाद उप्रेती रहेका छन्।

त्यसैगरी रोशनकुमार सिग्देल, डा. रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई पनि कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...