CG Electronics
IME Life
NIMB

विश्व बैंकको ७ अर्ब रुपैयाँ ऋणमा काठमाडौँ–तराइमा ‘क्लिन एयर’ परियोजना सुरु

NIMB
Himalayan Bank

 

काठमाडौँ । वायु प्रदूषण नियन्त्रण र वायु गुणस्तर सुधारका लागि विश्व बैंकले नेपाललाई सात अर्ब सात करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरेको छ।

वाशिङ्टन डीसीस्थित विश्व बैंकको प्रधान कार्यालयले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम “नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट” कार्यान्वयनका लागि छुट्याइएको हो। परियोजना विशेषगरी काठमाडौँ उपत्यका र तराइका उच्च वायु प्रदूषण भएका क्षेत्रहरूमा सञ्चालन हुनेछ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक तथा व्यावसायिक उद्यमलाई धुँवारहित बनाउने लक्ष्य राखिएको छ। उद्योगहरूमा स्वच्छ प्रविधि प्रयोग, प्रदूषण नियन्त्रणका उपाय लागू गर्न र वातावरणमैत्री उत्पादन प्रणाली विकासमा सहयोग गरिनेछ।

विश्व बैंकका अनुसार यस परियोजनाले वायु प्रदूषण मात्र घटाउने होइन, आर्थिक गतिविधिलाई पनि वातावरणमैत्री बनाउनेछ। विशेष गरी उद्योग क्षेत्रबाट निस्कने धुँवा र हानिकारक कण कम गरी शहरी क्षेत्रका नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

परियोजना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग विभाग मार्फत र वन तथा वातावरण मन्त्रालय तथा वातावरण विभागको समन्वयमा कार्यान्वयन गरिनेछ।

विश्व बैंकले नेपालमा बढ्दो वायु प्रदूषणलाई सार्वजनिक स्वास्थ्यका लागि गम्भीर चुनौती मान्दै, यस परियोजनाले स्वच्छ प्रविधि प्रवर्द्धन, प्रदूषण नियन्त्रण र वातावरणीय व्यवस्थापन सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...