CG Electronics
Ncell NPL
NIMB

ग्यास संकटका बीच आधुनिक समाधान: मिडियाका पाँच इन्डक्सन हब नेपाली बजारमा

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं। पछिल्लो समय मध्यपूर्व क्षेत्रमा बढ्दो भू–राजनीतिक तनाव र इजरायल–अमेरिका तथा इरानबीचको सैन्य द्वन्द्वका कारण विश्वभर ऊर्जा आपूर्ति प्रणालीमा असर परेको छ। विशेषगरी तेल तथा ग्यास ढुवानी हुने प्रमुख समुद्री मार्गहरूमा अवरोध देखिँदा अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्ति अस्थिर हुने चिन्ता बढेको छ। यसको प्रभाव दक्षिण एसिया सहित नेपालमा पनि देखिन थालेको छ, जहाँ उपभोक्ताहरूले खाना पकाउने ग्यासको उपलब्धताबारे चिन्ता व्यक्त गर्न थालेका छन्।

नेपाल पूर्ण रूपमा आयातमा निर्भर रहेको कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा हुने उतारचढावले यहाँको आपूर्ति प्रणालीमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। पछिल्ला दिनहरूमा ग्यास डिपो र पसलहरूमा उपभोक्ताको भीड बढ्नु तथा आपूर्ति अस्थिर हुने आशंकाले वैकल्पिक खाना पकाउने उपकरणप्रति चासो बढ्दै गएको देखिन्छ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड Midea ले आधुनिक प्रविधिमा आधारित Induction Hob लाई ग्यासको प्रभावकारी वैकल्पिक समाधानका रूपमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ। विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा-दक्ष तरिकाले खाना पकाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।

 

कम्पनीका अनुसार Midea का इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुश बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ। कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ।

नेपाली बजारमा हाल MC-CLC22W15, MC-VS213R-EMC, RTY2014, SKY1914 तथा MC-3D3001R212 गरी पाँच फरक मोडलका Midea Induction Hob उपलब्ध छन्। यी मोडलहरू फरक-फरक पावर क्षमतासहित उपलब्ध छन् र सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ।
नेपालमा Midea का होम एप्लायन्सहरू CG Electronics मार्फत आधिकारिक रूपमा उपलब्ध छन्। Chaudhary Group अन्तर्गत सञ्चालनमा रहेको CG Electronics नेपालकै अग्रणी इलेक्ट्रोनिक्स वितरक कम्पनीमध्ये एक हो, जसले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय घरेलु उपकरणहरू नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ।

बढ्दो ऊर्जा चुनौतीका बीच सुरक्षित, छिटो र ऊर्जा-दक्ष प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्ने आवश्यकता बढिरहेका बेला Midea Induction Hob आधुनिक नेपाली भान्साका लागि प्रभावकारी विकल्प बन्न सक्ने कम्पनीले जनाएको छ।

 

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...