NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

माउन्टेन ड्युको “Peaks of Courage” अभियानले स्पाइक्स एसियामा ४ अवार्ड जित्यो, डिजिटल इनको गौरवपूर्ण सहभागिता

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको प्रतिष्ठित रचनात्मक अवार्ड समारोह स्पाइक्स एसिया (Spikes Asia) मा कुल ४ अवार्ड जितेको छ। यसमा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज अवार्ड प्राप्त भएको हो। नेपाली अभियानका लागि यो एक ऐतिहासिक पहिलो सफलता मानिन्छ।

यस अभियानले सगरमाथाभन्दा बाहिर रहेका नेपालका कम चर्चित हिमालहरू र त्यहाँका साहसिक कथाहरूलाई विश्वसामु प्रस्तुत गरेको थियो। उत्कृष्ट कथावाचन (Storytelling), डिजिटल संलग्नता र इमर्सिभ ब्रान्ड एक्सपिरियन्स (Immersive Brand Experience) को संयोजनमार्फत Peaks of Courage ले नेपालको हिमाली पहिचानलाई साहसी र जीवन्त रूपमा देखाएको थियो।

अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ (Local Activation Partner) को रूपमा सहभागी डिजिटल ईन (Digitalin) ले महत्वपूर्ण भूमिका खेलेको थियो। डिजिटल ईनले अभियानको मूल भाव र दर्शकसँगको संलग्नता सुनिश्चित गर्दै, शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरूसँग समन्वय गरेर अभियानलाई प्रमाणिक र भावनात्मक रूपमा सशक्त बनाएको थियो।

डिजिटल ईनका संस्थापक तथा कार्यकारी निर्देशक उमङ्ग शाक्यले भने:
“यो केवल हाम्रो अभियानको सफलता मात्र होइन, समग्र नेपाली रचनात्मक उद्योगका लागि गौरवको क्षण हो। स्पाइक्स एसियाजस्तो प्रतिष्ठित मञ्चमा नेपालको अभियानले यस्तो उच्च मान्यता पाउनु विज्ञापन जगतका लागि महत्वपूर्ण कोसेढुङ्गा हो। हामी सम्पूर्ण टिमले यस उपलब्धि मनाउँदैछौँ।”

यस सफलताले नेपाली विज्ञापन र रचनात्मक क्षेत्रमा नयाँ आयाम थपेको छ। साथै, स्थानीय संस्कृति र मौलिक पहिचानमा आधारित कथाहरूले विश्वस्तरमा सम्मान पाउन सक्ने क्षमता रहेको देखाएको छ।

प्राप्त अवार्डहरूको विवरण:

ग्रान्ड प्रिक्स (Grand Prix) – एक्टिभेसन (Activation)

सिल्भर (Silver) – इनोभेसन (Innovation)

ब्रोन्ज (Bronze) – क्रिएटिभ डेटा (Creative Data)

ब्रोन्ज (Bronze) – ब्रान्ड एक्सपिरियन्स (Brand Experience)

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...