NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

ओप्पोको नयाँ वर्ष अफर : साप्ताहिक रूपमा स्मार्टफोन, बम्परमा रोयल इन्फिल्ड हन्टर ३५० जित्ने मौका

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड OPPO ले नेपाली नयाँ वर्षलाई लक्षित गर्दै “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” नामक विशेष अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा स्मार्टफोन जित्ने तथा बम्पर पुरस्कारस्वरूप Royal Enfield Hunter 350 मोटरसाइकल जित्ने अवसर पाउने भएका छन्।

कम्पनीका अनुसार “ओप्पो हातमा, रोयल इन्फिल्ड हन्टर साथमा” ट्यागलाइनसहित सञ्चालन गरिएको उक्त अभियान चार हप्तासम्म चल्नेछ। अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् र विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

अभियानअन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिने कम्पनीले जनाएको छ। लक्की ड्र तालिका अनुसार पहिलो हप्ता चैत्र ८, दोस्रो हप्ता चैत्र १५, तेस्रो हप्ता चैत्र २२ र चौथो हप्ता चैत्र २९ गते ड्र गरिनेछ।

लक्की ड्र प्रक्रिया पारदर्शी बनाउन कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत भिडियो लटरी प्रणाली प्रयोग गरी विजेता छनोट गरिने जनाइएको छ। यसरी विजेता छनोट प्रक्रिया सार्वजनिक गरिने भएकाले ग्राहकहरूले प्रत्यक्ष रूपमा प्रक्रिया अवलोकन गर्न सक्नेछन्।

अभियानको समापन भने नेपाली नयाँ वर्षको अवसर पारेर चैत्र ३० गते आयोजना हुने बम्पर ड्रमार्फत हुनेछ। उक्त बम्पर ड्रमा एक जना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्नेछन्।

ओप्पो नेपालका अनुसार नेपाली नयाँ वर्ष नविनता, उत्सव र नयाँ सुरुवातको प्रतीक भएकाले यस अभियानमार्फत ग्राहकसँग उत्सवको खुशी साटासाट गर्न र उनीहरूले देखाउँदै आएको निरन्तर विश्वासप्रति आभार व्यक्त गर्न खोजिएको हो।

ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो, जसले नवप्रवर्तनशील स्मार्टफोन, उन्नत क्यामेरा प्रविधि र प्रिमियम डिजाइनका लागि विश्वभर पहिचान बनाएको छ। नेपालमा पनि ओप्पोले लाखौँ प्रयोगकर्तालाई लक्षित गर्दै आधुनिक डिजिटल अनुभव प्रदान गर्दै आएको छ।

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा : अटो शोमार्फत उद्योग,...

वि.सं.२०८३ भदौ ३ बुधवार २१:५६

  काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी...

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो गाडी दिएर नयाँ पञ्च ईभी र टियागो ईभी साट्न सकिने

टाटा कार्निभलको चौथो संस्करण सुरु हुँदै, पुरानो...

वि.सं.२०८३ भदौ ३ बुधवार १३:४६

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक...

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको नेतृत्वमा ४४ अर्बभन्दा बढी ऋण लगानी

४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनामा एनएमबि बैंकको...

वि.सं.२०८३ भदौ ३ बुधवार १०:१५

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोट जिल्लामा निर्माण...

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ निष्कासनका लागि सम्झौता

एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्टबीच आईपीओ...

वि.सं.२०८३ भदौ ३ बुधवार ०८:१३

  काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र रुपाकोट रिसोर्ट...