CG Electronics
IME Life
Ncell NPL

नथिङ फोन ४ए नेपाली बजारमा : शुरुवाती ग्राहकलाई निःशुल्क बड्स २ए प्लस

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विश्व टेक बजारमा फरक डिजाइन, प्रिमियम उत्पादन र किफायती मूल्यका कारण विशिष्ट पहिचान बनाएको नथिङ स्मार्टफोनले नेपाली बजारमा पनि आफ्नो पकड बलियो बनाउँदै लगेको छ । टेक इन्थ्युजियास्टहरूले अत्यन्त रुचाएको यो ब्रान्डलाई नेपालमा चौधरी ग्रुपअन्तर्गतको सिजी मोबाईल्सले आयात तथा बिक्री–वितरण गर्दै आएको छ ।

नथिङले हालै आफ्नो प्रिमियम स्मार्टफोन सिरिज नथिङ फोन ४ए विश्व बजारमा सार्वजनिक गरेको थियो । सोही सिरिजअन्तर्गतको नथिङ फोन ४ए अहिले नेपाली बजारमा उपलब्ध भएको छ । यो स्मार्टफोन ८ जीबी र्यामर१२८ जीबी स्टोरेज, ८ जीबी र्यामर२५६ जीबी स्टोरेज तथा १२ जीबी र्यामर२५६ जीबी स्टोरेज गरी तीन भेरियन्टमा उपलब्ध छ । साथै ह्वाइट, ब्ल्याक, ब्लु र पिंक गरी चार रंग विकल्पमा बजारमा ल्याइएको छ ।

“नथिङका उत्पादन अत्यन्त प्रिमियम छन्,” सिजी मोबाईल्सका महाप्रबन्धक विनय जोशी भन्छन्, “प्रिमियम डिजाइन, प्रिमियम स्पेसिफिकेसन र प्रिमियम उत्पादन भए पनि किफायती मूल्यका कारण नथिङ विश्वभरका टेक इन्थ्युजियास्टहरूको रोजाइ बनेको छ । नेपाली बजारमा पनि नथिङ स्मार्टफोन तथा एक्सेसोरीप्रति उपभोक्ताको ठूलो क्रेज देखिएको छ ।”

५५ हजार ९ सय ६९ रुपैयाँ प्रारम्भिक मूल्य रहेको नथिङ फोन ४एका शुरुआती ग्राहकलाई कम्पनीले ८ हजार ९ सय ६९ रुपैयाँ मूल्य बराबरको सीएमएफ बड्स २ए प्लस निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

यसपटक नथिङले आफ्नो ४ए सिरिजलाई पूर्ण रूपमा क्यामेरा–केन्द्रित बनाएको जनाएको छ । ७० एक्स अल्ट्रा जुमसहितको ट्रिपल क्यामेरा सेटअप रहेको यो स्मार्टफोनलाई टेक रिभ्युअरहरूले आफ्नो सेग्मेन्टकै उत्कृष्ट क्यामेरा भएको फोनका रूपमा मूल्यांकन गरेका छन् ।

एलुमिनियम फ्रेम, नथिङको सिग्नेचर ट्रान्सपरेन्ट ग्लास ब्याक डिजाइन र ग्लिफ लाइटको संयोजनले यो फोनलाई अत्यन्त प्रिमियम लुक दिएको छ । आईपी ६८ डस्ट एन्ड वाटर रेसिस्टेन्स सर्टिफिकेसन प्राप्त यस फोनको बक्सभित्रै प्रिमियम फोन केस पनि उपलब्ध गराइएको छ ।

नथिङ फोन ४एमा तीन जेनेरेशनसम्म एन्ड्रोइड अपडेटको प्रतिबद्धता गरिएको छ । यसमा ब्लोटवेयररहित क्लिन नथिङ ओएस प्रयोग गरिएको छ, जुन पर्सनलाइजेसन र कस्टमाइजेसनका हिसाबले उत्कृष्ट मानिन्छ ।

नथिङको सिग्नेचर एसन्सियल एआई टुल, गुगल जेमिनी र च्याटजिपिटीजस्ता प्रिमियम एआई टुलहरू इन्टिग्रेट गरिएको यस स्मार्टफोनमा स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर प्रयोग गरिएको छ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...