CG Electronics
Ncell NPL
NIMB

नेपाल एसबिआई बैंक लिमिटेडद्वारा ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम, ३ हजार बढी विद्यार्थी लाभान्वित

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशका विभिन्न ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। ‘Smart Money Talks’ भन्ने नारासहित चैत्र २ देखि ८ गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रममा ३ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन्।

बैंकका अनुसार सातै प्रदेशका विभिन्न विद्यालय तथा कलेजमा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना लगायत आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम कोशी प्रदेशको इटहरी, भोजपुर, विराटनगर, बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशको सिमरा, बर्दिबास, वीरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ, पिडारी चौक र जनकपुर, बागमती प्रदेशको पाटन, धादिङ, नारायणगढ र हेटौंडा लगायत स्थानमा सञ्चालन गरिएको बैंकले जनाएको छ।

यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूमा समेत कार्यक्रम आयोजना गरिएको थियो। देशभर सञ्चालन गरिएका यी कार्यक्रममार्फत विद्यार्थी र युवाहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्न मद्दत पुगेको बैंकको विश्वास छ।

३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

Winner of Rs. 5 lakh announced at Bhrikutimandap: Yamaha’s Blue Code New Year plan now one day away

Winner of Rs. 5 lakh announced at...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:१३

  Kathmandu , Nepal – 17 April 2026 – Yamaha...

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना

‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको...

वि.सं.२०८३ वैशाख ७ सोमवार ००:११

  इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा...

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...