Ncell NPL
NIMB
Everest Bank

ग्लोबल मनी विक २०२६ को अवसरमा कामना सेवा विकास बैंकका विभिन्न कार्यक्रम सम्पन्न

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। विश्व वित्तीय सप्ताह २०२६ (ग्लोबल मनी विक २०२६) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। Organisation for Economic Co-operation and Development को संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा मनाइने यस सप्ताह अन्तर्गत यस वर्ष मार्च १७ देखि मार्च २३ सम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो।

यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले देशैभरि प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ।

बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा कार्यक्रम सञ्चालन गर्दै १००० भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ। कार्यक्रमहरूमा साना–साना बचतलाई एकीकृत गरी पूँजी निर्माण गर्ने तरिका, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी, पछिल्लो समय बढ्दो डिजिटल ठगीका घटनालाई ध्यानमा राख्दै बैंकले ओटीपी (OTP) सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गरेको छ। उक्त अभियान अन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरिएको छ, जसले विभिन्न समुदायसम्म वित्तीय सुरक्षासम्बन्धी सन्देश प्रभावकारी रूपमा पुर्‍याउन सहयोग गरेको छ।

यसका साथै, बैंकले सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास, बचत र लगानी, बजेट व्यवस्थापन, आकस्मिक अवस्थाका लागि कोषको तयारी, डिजिटल कारोबार गर्दा हुने गल्तीहरू तथा अनलाइन ठगीबाट बच्ने उपायहरूबारे समेत जानकारी प्रदान गरेको छ।

उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न स्थानहरूमा वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रमहरू पनि आयोजना गरेको थियो।

यसरी विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै कामना सेवा विकास बैंकले ग्लोबल मनी विक २०२६ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:५३

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा...

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को डिजिटल क्यालेन्डर

नेको इन्सुरेन्स लिमिटेडले सार्वजनिक गर्‍यो नयाँ वर्ष...

वि.सं.२०८२ चैत ११ बुधवार ०८:४९

  काठमाडौं । देशको निर्जीवन बीमा क्षेत्रमा ३० वर्षदेखि सेवा...

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर वित्तीय साक्षरता कार्यक्रम

एभरेष्ट बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ मा देशभर...

वि.सं.२०८२ चैत ९ सोमवार २०:४६

  काठमाडौं। एभरेष्ट बैंकले ‘Global Money Week 2026’को अवसरमा देशभर...

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो...

वि.सं.२०८२ चैत ९ सोमवार ११:५७

  काठमाडौं, नेपाल - २२ मार्च २०२६ - यामाहाले नेपालमै...

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत...

वि.सं.२०८२ चैत ८ आइतवार २१:५४

  काठमाडौं। महालक्ष्मी विकास बैंक ले ‘ग्लोबल मनी विक–२०२६’ को...

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी...

वि.सं.२०८२ चैत ८ आइतवार २१:५१

  काठमाडौं। प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक–२०२६’ को...