CG Electronics
IME Life
NIMB

प्रभु बैंकद्वारा ‘ग्लोबल मनी विक–२०२६’ अन्तर्गत देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। प्रभु बैंक लिमिटेड ले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “सचेत बचत, सुरक्षित भविष्य” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रम चैत २ गतेदेखि सुरु भई चैत ८ गते सम्पन्न भएको हो।

बैंकले सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत सप्ताहव्यापी रूपमा वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरेको जनाएको छ।

कार्यक्रम अन्तर्गत बैंकले विद्यालय, कलेज, महिला समूह तथा विभिन्न समुदायमा आधुनिक बैंकिङ सेवा, बचतको महत्व, ऋण तथा लगानी, विद्युतीय बैंकिङ तथा त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरेको थियो।

त्यसैगरी, बैंकले डिजिटल सुरक्षामा पनि जोड दिँदै अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील विवरण साझा नगर्न र अनलाइन ठगीबाट बच्न सचेतना फैलाएको छ। सामाजिक सञ्जालमार्फत पनि यस्ता सूचनाहरू निरन्तर प्रवाह गरिएको बैंकले जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रम वाग्मती, गण्डकी, लुम्बिनी, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न शाखाहरूबाट सञ्चालन गरिएको थियो।

हाल प्रभु बैंकले देशभर ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने नारासहित बैंकले आधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा विस्तार गर्दै आएको जनाएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...