ntc.net.np
Ncell NPL
NIMB

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले सम्युक्तरुपमा उक्त २०८३ सालको क्यालेन्डर सार्वजनिक गर्नुभएको हो ।

पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेण्डरमा विशेषगरी काठमाडौँ उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरु समावेश गरिएको छ । थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ ।

बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका आफ्नो क्यालेण्डरमा मौलिक चित्रहरुसमावेश गर्ने गरेको छ ।

बैंकले २०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी क्यालेण्डर प्रकाशन गरेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप...

वि.सं.२०८२ चैत २२ आइतवार १२:३०

  काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि...

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र उपहारसहित हिरो स्प्लेन्डर प्लस जित्ने मौका

सेन्सेइको नयाँ वर्ष २०८३ योजनाः क्यासब्याक र...

वि.सं.२०८२ चैत २२ आइतवार १२:१३

  काठमाडौं । जापानी प्रविधि र अवधारणामा आधारित लोकप्रिय ब्रान्ड...

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर र मिक्सर ग्राइन्डर जित्ने अवसर

नयाँ वर्षमा सिजी इलेकट्रोनिक्सको ‘क्रम्प्टन’ अफरः रेफ्रिजेरेटर...

वि.सं.२०८२ चैत २१ शनिवार २०:५४

  काठमाडौं । चौधरी समूह अन्तर्गतको अग्रणी विद्युतीय सामग्री वितरक...

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर : हरेक खरिदमा पक्का उपहार, क्यासव्याक र बम्पर लक्की ड्र मा मल्टीडोर रेफ्रीजेरेटर

माइडियाले सुरु गर्यो नयाँ वर्ष २०८३ अफर...

वि.सं.२०८२ चैत २१ शनिवार ००:१६

  काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै घरायसी जीवनलाई अझ स्मार्ट,...

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

कुमारी बैंकको २५ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित...

वि.सं.२०८२ चैत २१ शनिवार ००:०८

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर...

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

वि.सं.२०८२ चैत २० शुक्रवार २३:४८

  काठमाडौं । शंकर ग्रुप का सञ्चालक शंकर अग्रवाल लाई...