CG Electronics
Ncell NPL
NIMB

डेल्टा अटोकर्पले ल्यायो “नयाँ युगको नयाँ राइड” अफर

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नेपालका लागि प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले नयाँ वर्ष विशेष अफर “नयाँ युगको नयाँ राइड” घोषणा गरेका छन्। यो अफर चैत १३ देखि देशभरका आधिकारिक भेस्पा र अप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ र ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात उत्साहजनक अफर र विशेष सुविधा सहित प्रदान गर्ने उद्देश्य राख्दछ।

यस अफरअन्तर्गत, ग्राहकहरूले नगदमा खरिद रु. ८,३०० रुपैयाँको नगद छुट पाउनेछन्, साथै एक्सचेञ्जमा रु. १०,००० रुपैयाँको अतिरिक्त एक्सचेञ्ज बोनस पनि उपलब्ध हुनेछ। यसमा बजारकै सबैभन्दा कम ४.९९% ब्याजदरमा किस्ता सुविधा (ईएमआई) पनि रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो मनपर्ने भेस्पा वा अप्रिलिया स्कुटरको सहज खरिद उपलब्द गराउँछ।

नयाँ बर्षको माहोल अझ रोचक बनाउन, अफर अवधिमा खरिद गर्ने हरेक ग्राहकलाई ब्राण्डेड फ्री एक्सेसरीज, जस्तै हेल्मेट र स्कुटर कभर, उपलब्ध गराइनेछ। त्यसैगरी, अभियानमा साप्ताहिक लक्की ड्र समेत समावेश गरिएको छ, जसअन्तर्गत भाग लिने ग्राहकहरूले रूपाकोट रिसोर्टमा विशेष लक्जरी गेटवे जित्ने मौका पाउनेछन्, जसले हरेक खरिदलाई अझ रोमान्चक र लाभदायी बनाउँछ।

अफरबारे कुरा गर्दै, डेल्टा अटोकर्पका मुख्य कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो ले भने, “नयाँ वर्ष नयाँ यात्रा र अवसरहरू अंगाल्ने समय हो। ‘नयाँ युगको नयाँ राइड’ मार्फत हामी केवल प्रिमियम स्कुटर मात्र प्रदान गरिरहेका छैनौं; हामी हाम्रा ग्राहकहरूलाई प्रिमियम अनुभवसँगै गर्वको अनुभूति दिलाउँदै, र आत्मविश्वासका साथ नयाँ वर्षको सुरुवात गर्ने अवसर प्रदान गर्न चाहन्छौं।“

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेन सार्वजनिक

नयाँ वर्षमा इनड्राइभको ‘राइड मोर, विन मोर’...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:५८

  काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विश्वव्यापी...

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

काठमाडौंमा हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४५

  काठमाडौंमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम...

याडियाको नयाँ वर्ष अफर — 0% EMI, साथमा आकर्षक उपहार

याडियाको नयाँ वर्ष अफर — 0% EMI,...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:४१

  काठमाडौं | वैशाख १– नेपालमा याडियाको आधिकारिक वितरक कुजु...

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका :...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २३:१३

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै...