CG Electronics
IME Life
NIMB

एनआईसी एशिया बैंकद्वारा लोक बाजा झल्काउने नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ को अवसर पारेर नेपाली लोक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित विशेष क्यालेन्डर सार्वजनिक गरेको छ।

बैंकले नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै लोपोन्मुख तथा परम्परागत नेपाली लोक बाजामार्फत देशको सांस्कृतिक इतिहास र पहिचान उजागर गर्ने लक्ष्यसहित आकर्षक साजसज्जामा क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ।

नेपाली लोक बाजा संग्रहालयको सहकार्यमा तयार पारिएको उक्त क्यालेन्डरमा देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व बोकेका बाजा तथा तिनको बजाउने शैली झल्किने तस्बिरहरू समावेश गरिएको छ।

बैंकका अनुसार भित्ते तथा टेबल दुवै प्रकारका क्यालेन्डर आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ, जसलाई ग्राहक तथा सर्वसाधारणले सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ। क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रअनुसारका सार्वजनिक बिदा, चाडपर्व, विभिन्न दिवस तथा पञ्चांग तिथिहरू समेत समावेश गरिएको बैंकले जनाएको छ।

यस पहलले नेपाली लोक बाजा तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक तथा सरोकारवालामा नयाँ आशा, भरोसा र उत्साह थप्ने अपेक्षा व्यक्त गरेका छन्।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...