CG Electronics
IME Life
NIMB

सर्लाहीमा वर्षौंदेखि अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग प्रशासनले बन्द गर्दै विद्युत् लाइनसमेत काट्यो

NIMB
Himalayan Bank

 

सर्लाही । सत्ताको आडमा वर्षौंदेखि अवैध रुपमा सञ्चालनमा रहेको सर्लाहीको बसबरिया गाउँपालिका–३, कोठियारस्थित अभिनित वासिङ्ग उद्योग तथा अभिनित ढुंगा क्रसर उद्योग अन्ततः बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रशासनले हिँजो (सोमबार) दिउँसो उक्त क्रसर उद्योग बन्द गराएको हो ।

देशैभर अवैधानिक रुपमा संचालित क्रसरहरु बन्द गराउन गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन तथा मापदण्ड विपरित, दर्ता नै नगरी, नवीकरण नभएका, संचालन अनुमति नै नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले सोमबार दशैभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनात्मक पत्र पठाएको थियो ।
सोहि निर्देशन अनुसार सोमबार दिउँसो प्रहरीको टोलि खटिएर क्रसर उद्योग बन्द गराईएको हो ।

उक्त क्रसर उद्योग अबैध रुपमा संचालन भईरहेको थियो त्यहि भएर आज बन्द गरिएको हो ।’ सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले नेपाल न्युज बैंकसंग भने ।

प्रशासनले विगतमा पनि पटक पटक अनुगमन गरी उद्योग बन्द गराए पनि राजनीतिक संरक्षणका कारण पुनः सञ्चालन हुँदै आएको थियो। गत वर्ष पनि प्रशासनले बन्द गराएपछि उद्योग सञ्चालकले रातको समयमा क्रसर चलाउने र दिउँसो बन्द राख्ने गरेका थिए ।

यसपटक भने तत्काल पुन : सञ्चालन हुन नदिन विद्युत् लाइन नै काटिएको जनाइएको छ। उद्योग बस्ती नजिकै सञ्चालनमा रहँदा स्थानीयवासी प्रत्यक्ष प्रभावित हुँदै आएका थिए ।

त्यस्तै, उद्योगबाट निस्कने धुलो र प्रदूषणका कारण नजिकै रहेको एक विद्यालयसमेत वर्षौंदेखि प्रभावमा परेर बन्दजस्तै अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...