CG Electronics
IME Life
NIMB

हायर बन्यो विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइज

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्व स्मार्ट होम प्रविधिको बजारमा हायर ९ज्बष्भच० ले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था युरोमनिटर इन्टरनेश्नल ९भ्गचयmयलष्तयच क्ष्लतभचलबतष्यलब०ि ले सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार हायर विश्वकै नम्बर वान स्मार्ट होम इन्टरप्राइजको रूपमा स्थापित भएको हो । कम्पनीको स्मार्ट होम तर्फको विश्वव्यापी आम्दानी र बजारमा उपलब्ध कम्पनीका स्मार्ट उपकरणका आधारमा यो ¥याङ्क प्रदान गरिएको अनुसन्धान संस्थाले जनाएको छ ।

कम्पनीले स्मार्ट होम्सतर्फ स्मार्ट उपकरण, स्मार्ट सुरक्षा प्रणाली, स्मार्ट लाइटिङ र ऊर्जा व्यवस्थापन जस्ता व्यापक क्षेत्रमा आफुलाई विस्तार गरेको छ । जसले कम्पनीलाई घरेलु उपकरण निर्माता कम्पनीमा मात्रै सिमित नभई ‘स्मार्ट लिभिङ’ क्षेत्रको अग्रणी कम्पनीका रूपमा रुपान्तरित भएको देखाउँछ ।

कम्पनीले एआई ९ब्क्ष्० लाई आफ्ना सबै उपकरणमा समावेश गर्दै करिब ७० भन्दा बढी स्मार्ट उपकरण निमार्ण गरेको छ । जुन घरका भान्सा कोठा, सुत्ने कोठा र बैठक रुम, वाथ रुमकामा प्रयोग हुन्छन् । यी सबै उपकरण एउटै सफ्टवेयर प्लेटफर्ममा जोडिने हुँदा एकअर्कासँग सहज रूपमा कम्युनिकेट गर्दै प्रयोगकर्ताको दैनिकिलाई थप सहज बनाउने छ ।

कम्पनीको हाल विश्वभर १३ करोडभन्दा बढी प्रयोगकर्ता छन्, त्यसमध्ये लाखौं प्रयोगकर्ताले स्मार्ट होम प्लेटफर्ममार्फत आफ्नो दैनिक कामकाजलाई व्यवस्थापन गरिरहेका छन् । यसलाई थप प्रभावकारी बनाउने उदेश्यले कम्पनीले स्मार्ट एआईको नयाँ भर्सन २.० सार्वजनिक गरेको छ, जसले उपकरणलाई प्रयोगकर्ताको आवश्यकता आफैं बुझि काम गर्न सक्ने बनाउँछ । उदाहरणका लागि, फ्रिजले भित्र रहेका सामग्री पहिचान गरी सोही अनुसारको चिस्यान व्यवस्थापन गर्न सक्छ ।

कमम्पनीले हार्डवेयर, सफ्टवेयर र रोबोटिक्सलाई एउटै प्रणालीमा जोड्दै अझ उन्नत स्मार्ट होम प्रविधि विकास गर्ने लक्ष्य राखेको छ । जसअन्तर्गत कम्पनीले घरमा हुने काम रोबटले नै गर्ने गरि रोबोटसँग यी स्मार्ट उपकरणहरूलाई जोड्ने सिस्टम तयार गरिररहेको छ । जसेले गर्दा सामान मिलाउनेदेखि सफाइ र हेरचाहसम्मका काम रोबटनले नै गर्नेछ । कम्पनीका अनुसार यस्तो प्रविधिले घरलाई ‘सुन्ने, देख्ने र सोच्ने’ क्षमतासहितको बनाउँदै प्रयोगकर्ताको जीवनलाई अझ सहज, स्मार्ट र आधुनिक बनाउन मद्दत गर्नेछ ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...