CG Electronics
IME Life
NIMB

एक्साइडको नयाँ धमाका : ई–रिक्साका लागि ३६ महिनाको वारेन्टीसहित ई–राइड लिथियम ब्याट्री सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि एउटा खुसीको खबर ल्याउँदै अत्याधुनिक ुएक्साइड ई–राइड लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नयाँ प्रविधिको ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ ।

यो ब्याट्री एआईएस –१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट र पानीबाट जोगाउन आईपी ६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ । यस ब्याट्रीसँगै कम्पनीले २५ एम्पियरको अत्याधुनिक क्ःएक् चार्जर समेत उपलब्ध गराएको छ, जसमा २ वर्षको वारेन्टी दिइएको छ। यो चार्जरको सहायताले ब्याट्रीलाई मात्र ३ देखि ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।

हल्का वजन र उच्च क्षमताका कारण यो ब्याट्रीले धेरै माइलेज दिने र सधैं समान पावर कायम राख्न मद्दत पुग्दछ । साधारण लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्ष मात्र हुने भए तापनि एक्साइडको यो नयाँ लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमताको छ । यसमा बारम्बार पानी थप्नु पर्ने झन्झट नहुने र मर्मत खर्च पनि निकै कम लाग्ने भएकाले चालकहरूका लागि यो निकै किफायती सावित हुने देखिएको छ ।

कम्पनीले ग्राहकहरूको ढुक्कका लागि ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ । नेपालभरका सबै आधिकारिक एक्साइड डिलरहरूमार्फत उपलब्ध हुने यो ब्याट्री र चार्जरको सेटले ई–रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्नेछ । आफ्नो सवारी साधनलाई आधुनिक र शक्तिशाली बनाउन चाहनेहरूका लागि यो एउटा उत्कृष्ट विकल्प साबित हुने अपेक्षा गरिएको छ ।

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको प्रेरणादायी यात्रा

विश्वकै अग्रणी अटोमोबाइल निर्माता मध्ये एक बीएआईसीको...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:२६

काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — विश्वका सबैभन्दा ठूला...

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई...

वि.सं.२०८३ असार ३१ बुधवार २१:४३

  नेपाल, १५ जुलाई २०२६ - टिकटकले आफ्नो प्लेटफर्ममा एआई...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...