नेपाल लाइफ इन्स्योरेन्स कम्पनी द्वारा समाचारको खण्डन
Thursday Apr 02, 2026
वि.सं.२०८२ चैत १९ बिहीवार २१:२८
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा आधारभूत शेयरधनी दीपक भट्ट ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका कम्पनीको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने समाचार पूर्ण रूपमा असत्य र भ्रामक रहेको स्पष्ट पारेको छ।
त्यस्तै, उक्त कारोबार धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी मार्फत गरिएको भन्ने दाबीमा पनि कुनै सत्यता नभएको कम्पनीले जनाएको छ। विज्ञप्तिअनुसार, यस विषयमा न त दीपक भट्टसँग न त उक्त ब्रोकर कम्पनीसँग कुनै प्रकारको संलग्नता वा कारोबार भएको छ।
कम्पनीले सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्दै आएको पनि जनाएको छ। साथै, सम्पूर्ण सरोकारवालालाई यस्ता भ्रामक समाचारप्रति सचेत रहन आग्रह गरिएको छ।



























