CG Electronics
IME Life
NIMB

इनड्राइभ वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा आवद्ध

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, नेपाल– विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ, वल्र्ड इकोनोमिक फोरम ध्यचमि भ्अयलयmष्अ ँयचगm (ध्भ्ँ को ‘युनिकर्न कम्युनिटी’ मा आधिकारिक रूपमा आवद्ध भएको छ । निमन्त्रणामार्फत मात्र समावेश गरिने यो प्रतिष्ठित समुदाय उच्च–विकासदर भएका कम्पनीहरूको समूह हो, जसलाई नवप्रवर्तनलाई अघि बढाउँदै सकारात्मक विश्वव्यापी प्रभाव सिर्जना गर्ने योगदानका लागि मान्यता दिइन्छ ।

 

नेपालका विभिन्न सहरहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको इनड्राइभले प्रविधिको प्रभावकारी प्रयोगमार्फत आम नागरिकका लागि अझ न्यायोचित र समावेशी डिजिटल अर्थतन्त्र निर्माणमा सक्रिय योगदान पु¥याउँदै आएको छ । कम्पनीको विश्वास अनुसार, पारदर्शिता वृद्धि गर्दै प्रयोगकर्तालाई रोजाइको स्वतन्त्रता प्रदान गर्नुका साथै सरोकारवालाहरूको हितबीच सन्तुलन कायम गर्न सके मात्र दिगो सफलता हासिल गर्न सकिन्छ ।

युनिकर्न कम्युनिटीमा इनड्राइभको सहभागिताले निष्पक्ष पहुँच, आर्थिक अवसरको विस्तार तथा समावेशीतालाई थप प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यसको मानव–केन्द्रित प्लेटफर्म मोडेलले यात्रु र चालकबीच प्रत्यक्ष मूल्य वार्ताको सुविधा उपलब्ध गराउँदै डिजिटल बजारमा पारदर्शिता र विश्वासलाई मजबुत बनाउँछ । साथै, महिला उद्यमशीलता, शिक्षा, कला तथा समुदाय–केन्द्रित पहलहरूमा सञ्चालन भइरहेका गैरनाफामूलक कार्यक्रममार्फत सामाजिक प्रभाव विस्तार गर्ने कम्पनीको प्रतिबद्धता पनि सुदृढ हुँदै गएको छ ।

इनड्राइभका फाउन्डर एन्ड सीईओ आर्सेन टम्स्कीले भने, “वल्र्ड इकोनोमिक फोरमको युनिकर्न कम्युनिटीमा आवद्ध हुनु इनड्राइभका लागि महत्वपूर्ण उपलब्धि हो । यसले हाम्रो विश्वव्यापी विस्तारलाई थप बलियो बनाउनुका साथै हाम्रो प्रभावलाई अझ व्यापक बनाउनेछ । हाम्रो मूल उद्देश्य सधैं अन्यायलाई चुनौती दिँदै प्रयोगकर्तालाई आफ्नो निर्णयमाथि बढी नियन्त्रण दिने हो । विशेषगरी तीव्र गतिमा विकास भइरहेका तथा सेवा अभाव भएका बजारहरूमा समावेशी, पारदर्शी र न्यायसंगत डिजिटल अर्थतन्त्र निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय संवादमा योगदान दिन हामी प्रतिबद्ध छौं ।”

वल्र्ड इकोनोमिक फोरम (ध्यचमि भ्अयलयmष्अ ँयचगm) सार्वजनिक–निजी सहकार्यलाई प्रवद्र्धन गर्ने एक अन्तर्राष्ट्रिय संस्था हो, जसले नवप्रवर्तन, उद्यमशीलता र सहकार्यको माध्यमबाट विश्वव्यापी चुनौतीहरूको समाधान खोज्न र दीगो भविष्य निर्माण गर्न नेतृत्वदायी संवादलाई अघि बढाउँछ । फोरमअन्तर्गतको युनिकर्न कम्युनिटी ‘ग्लोबल इनोभेटर कम्युनिटी’को एक महत्वपूर्ण अंग हो, जसले सार्वजनिक तथा निजी क्षेत्रका नेतृत्वहरूसँग सहकार्य गर्दै वर्तमान संकट समाधान र दीगो विकासका लागि नयाँ मार्गचित्र तयार गर्न सहयोग पु¥याउँछ ।

हाल इनड्राइभ विश्वका ४८ भन्दा बढी देशका १,००० भन्दा बढी सहरहरूमा सञ्चालनमा रहेको छ र यो विश्वकै सबैभन्दा धेरै डाउनलोड हुने मोबिलिटी एपहरूमध्ये एकको रूपमा स्थापित भइसकेको छ, विशेषगरी उदीयमान बजारहरूमा यसको प्रभाव उल्लेखनीय रहेको छ । कम्पनीको ‘पियर–टु–पियर’ मूल्य निर्धारण मोडेलले यात्रु र चालकलाई प्रत्यक्ष रूपमा भाडा तय गर्ने सुविधा प्रदान गर्दै सेवामा पहुँच विस्तार र सेवा प्रदायकहरूको आम्दानीमा न्यायोचितता सुनिश्चित गर्न सहयोग पु¥याउँछ ।

नेपालमा पनि इनड्राइभले पारदर्शी मूल्य निर्धारण प्रणालीमार्फत चालक साझेदारहरूलाई सशक्त बनाउँदै विभिन्न सहरी तथा अर्ध–सहरी क्षेत्रमा सहज, सुलभ र विश्वसनीय यातायात विकल्प उपलब्ध गराउने दिशामा आफ्नो उपस्थिति निरन्तर विस्तार गरिरहेको छ ।

युनिकर्न कम्युनिटीमा आवद्धतासँगै इनड्राइभले विश्वका अग्रणी कम्पनी तथा नीतिनिर्माताहरूसँग सहकार्य गर्दै सहरी गतिशीलता, डिजिटल समावेशीकरण र आर्थिक अवसरका नयाँ आयामहरू विकास गर्नेछ । साथै, नेपालजस्ता उदीयमान बजारका अनुभव, चुनौती र सफलताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै विश्वव्यापी संवादमा सार्थक योगदान पु¥याउने लक्ष्य राखेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज बोनस र शून्य प्रतिशत डाउनपेमेन्टमा ईएमआई सुविधा

सामसुङ नेपालको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर: एक्सचेन्ज...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५१

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकका लागि विशेष ‘अपग्रेड टु...

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

भैँसलीबार– स्टन्ट, स्केट र सङ्गीतले भरिपूर्ण ‘पल्सर...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३६

  काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...