CG Electronics
IME Life
Ncell NPL

कामना सेवा विकास बैंकद्वारा श्री जनकल्याण आधारभूत विद्यालय, सुनहीमा शैक्षिक सामग्री वितरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

चितवन। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत श्री जनकल्याण आधारभूत विद्यालय, सुनहीमा अध्ययनरत विद्यार्थीहरूका लागि स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकको शाखा कार्यालय सर्दीमार्फत गरिएको उक्त कार्यक्रममा आर्थिक रूपमा कमजोर अवस्थाका विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सिन्जलीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो। विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १३८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ।

वितरण गरिएका सामग्रीहरूमा वर्णमाला तथा अंकसम्बन्धी चार्ट, एबीसीडी चार्ट, हप्ताका दिन र महिनासम्बन्धी चार्ट, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल, कापी, कलर तथा खेलमुखी शिक्षण सामग्रीहरू समावेश थिए।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिन्जलीले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीहरूले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै, बैंकका क्षेत्र प्रमुख भण्डारीले यस्ता कार्यक्रमहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने र शिक्षामा पहुँच बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि यस्ता शैक्षिक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...