CG Electronics
IME Life
NIMB

आइएमई लाइफ इन्स्योरेन्सको वित्तीय अवस्था थप मजबुत, बीमा व्यवसाय विस्तारसँगै आम्दानी र जीवन बीमा कोषमा उल्लेखनीय वृद्धि

NIMB
Himalayan Bank

 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार नाफादेखि बीमाशुल्क आर्जन, जीवन बीमा कोष र लगानीसम्म अधिकांश सूचकमा सुधार देखिएको हो।

चैत मसान्तसम्म कम्पनीले ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३६ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँको तुलनामा यस वर्ष यस्तो आर्जन ३९.१८ प्रतिशतले बढेर ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, जीवन बीमा कोष पनि मजबुत बन्दै गएको छ। एक वर्षको अवधिमा ४२ प्रतिशतले वृद्धि भएर कोषको आकार १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

यस अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ रहेको छ। कम्पनीले अभिकर्ताहरूलाई ४३ करोड ६४ लाख रुपैयाँ कमिशन वितरण गरेको जनाएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ४९ पैसा पुगेको छ। सोल्भेन्सी अनुपात २.५९ प्रतिशत कायम रहेको कम्पनीले जनाएको छ।

हाल ५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। साथै, कम्पनीले २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी विस्तार गरेको जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...