पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न
Friday Apr 03, 2026
वि.सं.२०८२ चैत २० शुक्रवार २३:३०
काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम राजधानीको बत्तिसपुतलीमा सम्पन्न भएको छ। Friends on the Cloud: Platform of Influencers द्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा वक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष शोभित उप्रेती सहित डा. धर्म उप्रेती, डा. सर्जगनाथ खड्का, विनोद पहाडी, डा. चन्द्रमणि अधिकारी तथा ताराचन्द्र बस्याल ले सि जिनपिङको पर्यावरणीय सभ्यता सम्बन्धी अवधारणामाथि आ–आफ्नो धारणा राखेका थिए।
वक्ताहरूले दिगो विकास, वातावरण संरक्षण, हरित अर्थतन्त्र तथा मानव र प्रकृतिबीचको सन्तुलन कायम गर्ने विषयमा Xi Jinping को विचारको सान्दर्भिकतामाथि जोड दिएका थिए। उनीहरूले नेपालजस्ता विकासशील मुलुकका लागि पनि यस्ता अवधारणाले नीति निर्माणमा सकारात्मक प्रभाव पार्न सक्ने बताएका थिए।
कार्यक्रममा देवेन्द्र सिटौला तथा कमला विश्वकर्मा को समेत उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
आयोजक संस्थाले वातावरण तथा पर्यावरणीय विषयमा यस्ता अन्तरक्रिया कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।




























