ntc.net.np
Ncell NPL
NIMB

आर्थिक कूटनीतिमा सन्तुलन ल्याउनुपर्ने विज्ञहरुको जोड

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपालले ‘ब्रिज स्टेट’ (सेतु राष्ट्र) र ‘बफर स्टेट’ (संरक्षक राष्ट्र)बीचको सन्तुलन बुझेर आर्थिक कूटनीतिमा अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा कर्पोरेट नेपालले आयोजना गरेको ‘ब्रिज भर्सेज बफर स्टेटः इकोनोमिक डिप्लोमेसी एन्ड नेपाली इन्डस्ट्री’ विषयक बहस कार्यक्रममा बोल्दै उनले नेपालले छिमेकी मुलुकहरूको सम्बन्धको अवस्थालाई गहिरो रूपमा विश्लेषण गर्नुपर्ने बताए ।

उनका अनुसार भारत र चीनबीच सम्बन्ध राम्रो हुँदा नेपालले त्यसबाट फाइदा लिने अवसर पाउँछ भने सम्बन्ध तनावपूर्ण हुँदा नेपालले चुनौती सामना गर्नुपर्ने अवस्था आउने गरेको छ । ‘ब्रिज भनेपछि एकातिर मात्रै होइन, दुवैतर्फ जोड्ने भूमिका हुनुपर्छ,’ उनले भने, ‘दुवै पक्षबीचको साझा आधार (कमन ग्राउन्ड) पहिचान गर्न सके मात्र सेतु राष्ट्रको भूमिका प्रभावकारी हुन्छ ।’

बैरागीले सहकार्य असम्भव नभएपनि चुनौतीपूर्ण रहेको उल्लेख गर्दै नेपालले व्यवहारिक र सन्तुलित कूटनीतिक रणनीति अपनाउनुपर्ने बताए । उनले आन्तरिक सुदृढता नै बाह्य सम्बन्ध व्यवस्थापनको आधार हुने धारणा पनि व्यक्त गरे ।

‘बाहिरी दुनियाँसँग डिल गर्दा आन्तरिक रूपमा जति बलियो हुन सकियो, त्यति नै फाइदा हुन्छ,’ उनले भने, ‘बहुमतलाई स्थायित्वमा रूपान्तरण गर्नु अहिलेको प्रमुख चुनौती हो ।’

साथै, उनले वर्तमान सरकारलाई युवा पुस्ताको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय भूमिकालाई स्पष्ट रूपमा परिभाषित गर्ने जिम्मेवारी पनि सरकारमै रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकार जुन आएको छ एकदमै युवा पुस्ताको सरकार छ । उहाँहरुले युवाको आवाजलाई पनि प्रतिनिधित्व गरेर अब नेपालको अन्तर्राष्ट्रिय परिदृश्यमा हामी यसरी जान्छौं भन्ने कुराहरु सरकारले डिफाइन्ड गर्न सक्ने अवस्था छ ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक, व्यवसायी राजेन्द्र खेतान, पूर्व मुख्यसचिव बैरागी, विज्ञ एवं पूर्वमन्त्री दीपक ज्ञवाली र अर्थशास्त्री गोविन्दराज पोखरेललगायतले बहस गरेका थिए ।

सो अवसरमा फोटो प्रदर्शनीको आयोजना पनि गरियो । एकसय भन्दा बढी तस्वीर प्रदर्शनी गरिएको छ ।

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया सशक्त कि निजी क्षेत्र कमजोर ?

सरकारी विज्ञापनमा ‘एकाधिकार’ नीति : सरकारी मिडिया...

वि.सं.२०८२ चैत २१ शनिवार २१:२४

  काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी...

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा : अर्थमन्त्री डा.वाग्ले

आर्थिक रुपान्तरण र सुशासन सरकारको मुख्य एजेण्डा...

वि.सं.२०८२ चैत २१ शनिवार ००:३२

  रौतहट । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालैको...

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचारबारे अन्तरक्रिया सम्पन्न

वि.सं.२०८२ चैत २० शुक्रवार २३:३०

  काठमाडौं । ‘पर्यावरणीय सभ्यतामाथि सि जिनपिङको विचार’ विषयमा केन्द्रित...

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि अन्तरराष्ट्रिय बजारसम्मको पहुँच

महिला उद्यमी मेला सरु : स्थानीय उत्पादनदेखि...

वि.सं.२०८२ चैत २० शुक्रवार २३:२२

  काठमाडौं । नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबार...

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री श्रेष्ठ

विद्युत् नीतिमाथि आन्तरिक छलफल शुरू, परामर्शमा मन्त्री...

वि.सं.२०८२ चैत २० शुक्रवार १८:१४

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले...

मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप

मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही...

वि.सं.२०८२ चैत २० शुक्रवार १६:५१

  रौतहट । रौतहटको सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक...