IME Life
NIMB

नयाँ वर्षको अवसरमा टीसीएलले ल्यायो आकर्षक क्यासब्याक र उपहार योजना

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नयाँ वर्ष २०८३ को अवसरमा नेपाली ग्राहकहरूका लागि ‘नयाँ वर्षको सुरुवात, टीसीएल खुशीको सौगात’ नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

यस योजनामार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त होम अप्लायन्स र टेलिभिजनको खरिदमा विशेष लाभ र उत्साह प्रदान गर्ने उद्देश्य राखेको छ । योजना अन्तर्गत ग्राहकहरूले टीसीएलका विभिन्न उत्पादनहरू खरिद गर्दा २,००,०८३ रुपैयाँ सम्मको आकर्षक क्यासब्याकका साथै हरेक खरिदमा तत्कालै प्राप्त हुने ‘स्योर सट’ उपहारहरू सुनिश्चित गरिएको छ ।

यस विशेष अफरमा नेपालकै सबैभन्दा ठूलो क्युडी–मिनी एलईडी टिभी, अत्याधुनिक रेफ्रिजेरेटर, वाशिङ मेसिन, स्प्लिट तथा क्यासेट एयर कन्डिसनर, भीआरएफ सिस्टम र साउन्ड सिस्टम जस्ता आधुनिक उपकरणहरू समावेश गरिएका छन् । ग्राहकहरूको सुविधाका लागि कम्पनीले वाशिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट उपहार दिने र एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको व्यवस्था मिलाएको छ । साथै, सीजी एलेक्समार्फत ‘नागरिकता भए पुग्छ’ भन्ने सरल प्रक्रियाका आधारमा शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधासमेत उपलब्ध गराइएको छ, जसले ग्राहकहरूलाई खरिद प्रक्रियामा थप सहजता प्रदान गर्नेछ ।

विश्वव्यापी रूपमा गुणस्तर प्रमाणित गरी ‘ग्लोबल टप १’ ब्रान्डको रूपमा स्थापित टीसीएल अन्तर्राष्ट्रिय ओलम्पिकको समेत साझेदार रहेको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यी अफरहरू देशभरका आधिकारिक शोरुम तथा डिलरहरूमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नयाँ वर्षलाई थप स्मार्ट, सहज र आधुनिक बनाउन विश्वस्तरीय प्रविधि घरमा भित्र्याउन चाहने ग्राहकहरूका लागि यो एक उत्कृष्ट अवसर हुने विश्वास गरिएको छ ।

 

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...