CG Electronics
Ncell NPL
NIMB

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ ।

बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।

बैंकले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोश्रो संस्करण २०२६ आगामि मे महिनाको २९–३१ मा आयोजना गर्नेछ ।

उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरुका लागि आवेदन खुल्ला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैंकको वेवसाइट मार्फत् आवेदन दिन सकिनेछ ।
पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैंकले ह्याकाथनको दोश्रो संस्करण आयोजना गर्न लागेको हो ।

ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मी र सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैंकको विश्वास छ ।

यसका साथै यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने नवीनतम् सेवा विकास र सम्भावित चुनौतिको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।

प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैंकले तोकेका विषयहरुमा केन्द्रित रही आफ्ना अबधारणाहरु प्रस्तुत गर्नुपर्नेछ ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।

प्रविधिमैत्री वित्तीय सेवाहरु प्रवर्द्धन गर्न र डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउदै नविनतम् अबधारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

पुर्वमा हायरको क्षेत्रीय डिलर मिट सम्पन्न

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:४२

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड हायरले क्षेत्रीय डिलर मिट...

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एनएमबि बैंकद्वारा ग्लोबल मनी वीक २०२६ को...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:३९

  एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर...

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...