CG Electronics
IME Life
Ncell NPL

नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

ओखलढुंगा । नेपाल तामाङ घेदुङ ओखलढुंगा जिल्लाको ९औँ जिल्ला अधिवेशन सुनकोसी गाउँपालिका–५ मुलखर्कामा भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष सुबाश मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन संघीय अध्यक्ष मोहन गोले तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

विशेष अतिथिका रूपमा संघीय घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङ, सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङ, घेदुङ कोषाध्यक्ष रुप योन्जान, संघीय सदस्य बिलाम मुक्तान, चन्द्र ग्यापक (मुस्कान), सशिकार लामा लगायत जनप्रतिनिधि, वडा अध्यक्ष, जिल्ला पदाधिकारी, स्थानीय घेदुङ प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

राजनीतिक चेतना आवश्यक: अध्यक्ष गोले
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अध्यक्ष मोहन गोले तामाङले तामाङ समुदायले सांस्कृतिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको उल्लेख गर्दै अब राजनीतिक क्रान्ति आवश्यक भएको धारणा राख्नुभयो।

उहाँले भन्नुभयो,
“हामी अब डम्फू र नाचगानमा मात्र सीमित रहने होइनौं। घेदुङले सांस्कृतिक क्रान्ति गरिसकेको छ, अब विभेद अन्त्यका लागि राजनीतिक क्रान्ति सुरु गर्नुपर्छ।

आज हाम्रो पहिचान देश–विदेशका गल्ली–गल्लीमा झल्किएको छ, अब अधिकार प्राप्तिका लागि संगठित रूपमा अघि बढ्ने समय आएको छ।”

वरिष्ठ उपाध्यक्ष रामकृष्ण ल्बोन तामाङले तामाङ समुदायलाई जागरूक बन्न आह्वान गर्दै परम्परागत सोचबाट माथि उठेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो,
“हामी सधैं खेतीपाती गर्ने र गोरु जोत्ने मात्र होइन, अब विचार र नेतृत्व पनि जोत्नुपर्छ। समुदायप्रति जिम्मेवार बन्दै हामी सबैले अग्रसर भूमिका खेल्नुपर्छ।”

सुनकोसी गाउँपालिका प्रमुख कमल तामाङले नेपाल तामाङ घेदुङ सम्पूर्ण तामाङ समुदायको अधिकार संरक्षण गर्ने साझा संस्था भएको उल्लेख गर्दै शिक्षा, आर्थिक विकास र राजनीतिक चेतनामा समुदाय अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

उहाँले भन्नुभयो, “हरेक घर शिक्षित भयो भने मात्र आगामी पुस्ताले सुख पाउँछ। त्यसका लागि हामीले राजनीति बुझ्नुपर्छ र संगठित रूपमा अघि बढ्नुपर्छ।” त्यसैगरी, पालिका प्रशासकीय प्रमुख बिवेक तामाङले समुदायको उत्थानका लागि जातीय भाषाहरूलाई स्थानीय पाठ्यक्रममा समावेश गर्दै पठन–पाठन गराउनु आवश्यक रहेको बताउनुभयो। उहाँले यस कार्यका लागि सुनकोसी गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो।

कार्यक्रममा अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
बन्द सत्रबाट नयाँ नेतृत्व चयन अधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डल अध्यक्ष रुप योन्जान, सदस्य बिलाम मुक्तान तथा निर्वाचन संयोजक चन्द्र ग्याबाकको नेतृत्वमा निर्वाचन प्रक्रिया सम्पन्न गरिएको थियो।

निर्वाचनबाट निम्न पदाधिकारीहरू सर्वसम्मत (निर्विरोध) रूपमा चयन भएका छन्:
अध्यक्ष: तार बल
उपाध्यक्ष (महिला): ईमा तामक
उपाध्यक्ष: यमराज ग्याबक
सचिव: डम्बर सिं तामाङ
सह–सचिव: छिरिङ तामाङ
कोषाध्यक्ष: कृष्ण तामाङ
सदस्यहरू: पदम बहादुर तामाङ, सुब्बा सिं तामाङ, हेम बहादुर भोम्जान, प्रेमकुमारी तामाङ, चित्र कुमार तामाङ, सीता तामाङ, प्रतिप तामाङ, मैया तामाङ, गोपाल बहादुर तामाङ, कल्पन तामाङ नवनिर्वाचित पदाधिकारीहरूलाई अधिवेशनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

अधिवेशनले तामाङ समुदायको पहिचान, अधिकार संरक्षण तथा समग्र विकासका लागि आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको छ।

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

चौधरी ग्रुपद्वारा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान

वि.सं.२०८३ वैशाख २८ सोमवार १२:३८

  काठमाडौं । नेपालको अग्रणी औद्योगिक तथा व्यावसायिक घराना चौधरी...

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण, पर्यटन प्रवर्द्धनमा जोड

होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण,...

वि.सं.२०८३ वैशाख २८ सोमवार ०९:०४

  काठमाडौं । होटल व्यवसायी महासंघ नेपाल का अध्यक्ष, पदाधिकारी...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...