IME Life
NIMB

मंगलबजारमा छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम

NIMB
Himalayan Bank

काठमाडौं । ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि बुधबार एक दुःखद घटना घट्यो । जसले समाजमा मानसिक स्वास्थ्य र आवेग नियन्त्रणको महत्त्वलाई गम्भीर रूपमा उजागर गरेको छ । फोनमार्फत सुरु भएको सामान्य विवादले उग्र रूप लिँदा दुई जना दाजुभाइले ज्यान गुमाउनुपर्यो । भेटघाटका लागि मंगलबजारमा सहमति भएपछि, विवाद हिंसात्मक बनेको थियो ।

भेटका क्रममा सञ्जिव नेपालीले साथमा ल्याएको धारिलो छुराले सुमित नेम्वाङमाथि आक्रमण गरेका थिए । सुमितलाई बचाउन पुगेका उनका भाइ सृजन नेम्वाङमाथि पनि घाँटी र पेटमा छुरा प्रहार गरिएको थियो, जसका कारण दुवैको ज्यान गएको हो । प्रहरीका अनुसार, घटनामा संलग्न ललितपुर–९ भोलढोका बस्ने ३२ वर्षीय सञ्जिव नेपाली (सञ्जु) र नवलपरासी गैँडाकोट–१ घर भई हाल ललितपुर–८ बस्ने २२ वर्षीय गगन सुनारलाई पक्राउ गरिएको छ ।

प्रारम्भिक अनुसन्धानले देखाउँछ कि सामान्य विवादलाई नियन्त्रण गर्न नसक्दा यस्तो दुःखद परिणाम आएको हो । आवेगमा गरिएको निर्णयले क्षणिक रिसलाई घातक बनायो ।

विशेषज्ञहरूका अनुसार, मानसिक स्वास्थ्य सन्तुलनमा राख्न नसक्दा यस्ता घटनाहरू निम्तिन सक्छन् । क्यान्सर विशेषज्ञ तथा अन्कोलोजी फिजिसियन डा. समीम अख्तरका अनुसार शरीरमा डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र एन्डोर्फिन जस्ता हर्मोनहरूको सन्तुलनले मानसिक अवस्था स्थिर राख्न मद्दत गर्छ ।

उनी भन्छन्, ‘तनाव पनि दुई प्रकारको हुन्छ । डिस्ट्रेस (हानिकारक) र युस्ट्रेस (फाइदाजनक । सकारात्मक गतिविधिले युस्ट्रेस बढाउँछ, जसले स्वास्थ्य र खुसी दुवैमा सुधार ल्याउँछ । मानसिक स्वास्थ्य सन्तुलनका लागि नियमित व्यायम, योग, ध्यान तथा सामाजिक क्रियाकलापमा सहभागिता आवश्यक हुन्छ ।’

रिस मानवीय स्वाभाविक भावना भए पनि यसको नियन्त्रण अत्यन्त आवश्यक हुन्छ । रिसलाई सही तरिकाले व्यवस्थापन गर्न सकिएन भने यसले गम्भीर दुर्घटनासमेत निम्त्याउन सक्छ ।

रिस नियन्त्रणका लागि केही प्रभावकारी उपायहरू यस्ता छन् :
१. बिस्तारै गहिरो श्वास लिने अभ्यास गर्ने
२. नियमित व्यायाम, हिँडडुल वा योग गर्ने
३. सकारात्मक शब्द वा मन्त्रमा ध्यान केन्द्रित गर्ने
४. केही समय एकान्तमा बसेर मनलाई शान्त बनाउने
५. मनपर्ने संगीत सुन्ने
६. रिस लागेको बेला चुप रहने र प्रतिक्रिया दिन ढिलाइ गर्ने
७. आफ्ना भावना लेखेर व्यक्त गर्ने
८ विश्वासिलो साथीसँग कुरा गर्ने
९. हास्य–व्यंग्य वा रमाइलो गतिविधिमा संलग्न हुने
१०. सिर्जनात्मक काममा ऊर्जा प्रयोग गर्ने
यस घटनाले देखाउँछ कि सानो विवाद पनि यदि समयमै नियन्त्रण गरिएन भने ठूलो दुर्घटनामा परिणत हुन सक्छ । त्यसैले, मानसिक स्वास्थ्यप्रति सचेत रहँदै आवेगलाई नियन्त्रण गर्ने सीप विकास गर्नु आजको आवश्यकता हो ।

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...