CG Electronics
IME Life
NIMB

अटिजम केयर नेपालः अटिजम भएका र अभिभावकको भरोसाको सारथी

NIMB
Himalayan Bank

काठमाडौं । हरेक बिहान एउटा आमा आफ्नो बच्चालाई स्कुल जान तयार पार्छिन् । कसैका लागि त्यो सामान्य दिनको सुरुवात हो । तर यदि त्यो बच्चा अटिजम स्पेक्ट्रममा पर्छ भने, त्यो बिहान केवल दिनको सुरुवात हुँदैन । त्यो एउटा संघर्षको निरन्तरता हुन्छ ।

बच्चाले जुत्ता लगाउन नमानेको, आवाजबाट डराएको, नयाँ ठाउँमा जान नचाहेको वा बोल्न नसकेको क्षणले त्यो परिवारको दिन कसरी सुरु हुन्छ भन्ने निर्धारण गरिरहेको हुन्छ ।

नेपालमा यस्ता हजारौं परिवार छन् जसले आफ्ना बालबालिकासँगै अटिजमसँग जीवन बिताइरहेका छन् । तर केही वर्षअघि सम्म उनीहरूको पीडा, अन्योल र संघर्षलाई बुझ्ने कोही थिएन । न स्कुल थियो, न तालिम थियो, न त राज्यको कुनै पहिचान नै ।

त्यही खालीपनबाट जन्मिएको थियो (अटिजम केयर नेपाल सोसाइटी’ २००८ सालमा विश्व अटिजम जागरुकता दिवस मनाइँदै गरेको दिन, केही अभिभावकहरू एउटै कोठामा भेला भएका थिए । उनीहरू कुनै संस्था खोल्न वा अभियान चलाउन आएका थिएनन् । उनीहरू त केवल आफ्ना बच्चाको समस्या बुझ्ने अर्को मान्छे खोजिरहेका थिए ।

त्यही दिन एउटा समूह बन्यो । कसैले आफ्नो बच्चाले बोल्न नसकेको पीडा सुनायो, कसैले स्कुलले भर्ना लिन नमानेको कुरा ग¥यो, कसैले समाजले ‘यो त बौद्धिक अपाङ्ग हो’भनेर दिएको चोट सुनायो ।

त्यो समूहमा थिइन् सोसाइटीकी अध्यक्ष सुनिता मलेखकु अमात्य पनि । उनी आफ्नै बच्चाको भविष्यको चिन्ताले त्यहाँ पुगेकी थिइन् । तर त्यही दिनदेखि उनले आफ्नो बच्चाको मात्र होइन, हजारौं अटिजम भएका बालबालिकाको भविष्यका लागि लड्ने निर्णय गरिन् ।

सुरुका दिनमा उनीहरूलाई अटिजम के हो भन्ने पनि धेरै थाहा थिएन । तर उनीहरूलाई यति थाहा थियो,आफ्ना बच्चालाई घरको एउटा कोठाभित्र सीमित राखेर हुँदैन । उनीहरूलाई पनि सिक्न, खेल्न, घुलमिल हुन र आफ्नो जीवन बाँच्न पाउने अधिकार छ ।

समय बित्दै गयो बच्चाहरू ठूला हुँदै गए, अभिभावकहरूको चिन्ता पनि ठूला हुँदै गयो। अब मेरो बच्चा कहाँ पढ्ने ? कसले बुझ्ने ? हामीपछि यसको के हुन्छ ? यी प्रश्नहरू दिनहुँ दोहोरिन थाले ।

अनि त्यही प्रश्नले एउटा सानो डे–केयर जन्मायो । त्यो डे–केयर कुनै ठूलो भवनमा थिएन। त्यहाँ धेरै स्रोतसाधन पनि थिएन । तर त्यहाँ एउटा कुरा थियो,मायाले भरिएको प्रयास ।

त्यसपछि अभिभावक तालिम सुरु भयो । कसरी अटिजम भएका बच्चासँग बोल्ने, कसरी सिकाउने, कसरी रिस र डरलाई बुझ्ने भन्ने कुरा सिकाइयो । त्यसपछि शिक्षक तालिम सुरु भयो । एक–एक जना अभिभावक, एक–एक जना शिक्षक, एक–एक जना बालबालिकाको जीवनसँग जोडिँदै गए, तर यात्रा सजिलो थिएन । नेपालमा धेरै वर्षसम्म अटिजमलाई बौद्धिक अपाङ्गताभित्र राखेर हेरियो ।

एउटा बच्चाले बोल्न नसकेको वा फरक व्यवहार गरेको आधारमा उसको सम्पूर्ण पहिचानलाई गलत तरिकाले बुझियो । धेरै स्कुलहरूले अटिजम भएका बच्चालाई भर्ना लिन मानेनन् । धेरै अभिभावकहरूले आफ्ना बच्चालाई सार्वजनिक ठाउँमा लैजान डराए । किनकि समाजले हेर्ने नजर दयाको थियो, स्वीकारको होइन ।

सुनिताले त्यहीँबाट अर्को लडाइँ सुरु गरिन् । उनी बारम्बार सरकारी कार्यालय पुगिन् । उनले एउटै कुरा दोहो¥याइरहिन् ‘अटिजम र बौद्धिक अपाङ्गता एउटै होइन’
अटिजम भएका सबै बच्चाको क्षमता एउटै हुँदैन। कसैले बोल्न नसक्ला, तर उसले चित्र बनाउन सक्छ । कसैले आँखा जुधाउन नसक्ला, तर उसले असाधारण सम्झना राख्न सक्छ । कसैले साथी बनाउन नसक्ला, तर उसले एउटा काम अरू कसैले भन्दा धेरै राम्रो गर्न सक्छ ।

लामो संघर्षपछि सन् २०१७ मा अटिजमलाई छुट्टै विशिष्ट अपाङ्गताका रूपमा पहिचान गरियो । त्यो कानुनको एउटा लाइन मात्रै थिएन। त्यो हजारौं परिवारको अस्तित्व स्वीकारिएको क्षण थियो ।

आज अटिजम केयर सोसाइटीसँग आफ्नै स्कुल छ त्यहाँ ४० जना बालबालिकाका लागि ठाउँ छ । एउटा कक्षामा आठ जनाभन्दा बढी राखिँदैन । किनकि हरेक बच्चा फरक हुन्छ । कसैलाई धेरै समय चाहिन्छ, कसैलाई धेरै धैर्यता, कसैलाई धेरै माया ।

संस्थामा अहिले १८ वर्षभन्दा माथिका युवाहरूका लागि तालिम पनि चलिरहेको छ । उनीहरूलाई विभिन्न सीप सिकाइन्छ । कोही कागजका सामग्री बनाउँछन्, कोही सानो काम सिकिरहेका छन ्। किनकि एउटा दिन उनीहरू पनि आफ्नो जीवन आफैं चलाउन सकून् भन्ने सपना छ, तर त्यही सपनासँगै एउटा पीडा पनि जोडिएको छ ।

संस्थाले अभिभावक तालिमका लागि सरकारबाट केही सहयोग पाउँदै आएको छ । वर्षमा कहिले १० लाख, कहिले ११ लाख रुपैयाँ सोसमइटीको अनुसार तर त्यो सहयोग पर्याप्त छैन । सबैभन्दा ठूलो चुनौती भनेकै अपरेसनल खर्चको अभाव हो ।
‘सरकारको पनि आफ्नो सीमितता छ । तर हामी राष्ट्रिय स्तरमा काम गरिरहेका छौं । तालिम, सचेतना, एडभोकेसी सबै गरिरहेका छौं । यति धेरै जनशक्ति तयार गरिरहेका छौं । यदि निश्चित स्तरको सहयोग नियमित रूपमा भयो भने, हामीलाई योजना बनाउन धेरै सजिलो हुन्थ्यो ।’
उनका अनुसार अर्को ठूलो समस्या भनेको ट्रेन्ड स्टाफ टिकाउन नसक्नु हो ।

‘हामीले मान्छे तयार गर्छौं, तर तलब दिन नसकेर उनीहरू टिक्न सक्दैनन्,‘उनी भन्छिन् यहाँ सिकेका धेरै जना बाहिर जान्छन्, अनि फेरि नयाँ मान्छेबाट सुरु गर्नुपर्छ ।

हामीसँग यति पैसा हुँदैन कि राम्रो तलब दिन सकियोस्। यहाँ सिकेका धेरै जना बाहिर जान्छन् । अनि फेरि सुरुबाट नयाँ मान्छेलाई सिकाउनुपर्छ। लगभग दुई दशकपछि बल्ल संस्थाले आफ्नै भवन पाएको छ । त्योभन्दा पहिले उनीहरू भाडाको घरमा थिए ।

कहिलेकाहीँ कोठाको भाडा तिर्न पनि गाह्रो हुन्थ्यो । तर त्यही कोठाभित्र धेरै अभिभावकहरूले पहिलो पटक आफू एक्लो नभएको महसुस गरेका थिए ।’
उनको अनुसार आज देशका धेरै जिल्लामा साना–साना सेवा केन्द्रहरू खुलेका छन् ।

त्यहाँ काम गर्ने धेरै जनाले यही संस्थाबाट तालिम लिएका छन् । कसैले आफ्नो गाउँमा एउटा सानो कक्षा खोलेका छन् । कसैले एउटा बच्चालाई पढाउन थालेका छन् । तर अझै एउटा प्रश्न बाँकी छ ।

अभिभावक नभएपछि यी बालबालिकाको के हुन्छ ?
यो प्रश्नले धेरै आमाबाबुको निद्रा हराउँछ । एउटा आमा आफ्नो बच्चालाई हेरेर भन्छिन्, म त सधैं रहन्नँ म पछि यसलाई कसले बुझ्ला ? त्यो प्रश्नको जवाफ अहिले कसैसँग छैन । न अभिभावकसँग, न संस्थासँग, न राज्यसँग ।

सायद यही कारण हो, अटिजमको कथा केवल एउटा स्वास्थ्य वा शिक्षाको विषय होइन । यो एउटा परिवारको कथा हो एउटा आमाको चिन्ताको कथा हो । एउटा बाबुको मौन पीडाको कथा हो र त्यो बच्चाको कथा हो, जसले संसारलाई फरक तरिकाले देख्छ, तर जसलाई संसारले अझै पनि बुझ्न सिकिरहेको छ ।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...